मुखभित्र देखिने यस्ता लक्षण ‘हर्ट अट्याक’ को संकेत

हृदयघातका कारणहरु उच्च रक्तचाप, उच्च कालेस्ट्रोल, जेनेटिक डिसअर्डर र बढ्दो उमेर आदि हुन् । तर, कार्डियोभास्कुलर डिजिजका केही संकेतहरुलाई भने मानिसहरुले ध्यान नै दिएका हुँदैनन् । एक अध्ययनका अनुसार मुखभित्र देखिने केही लक्षणले हृदयघातको संकेत गर्छ । फोरसिथ इन्स्टिट्युट र हारवर्ड युनिभर्सिटीका वैज्ञानिकले गरेको अनुसन्धान कंडस्ट जर्नल अफ पीरियोडोन्टलमा छापिएको छ । जसमा पीरियडोन्टाइटिस समस्या भएका व्यक्तिहरुलाई मुटुसँग सम्बन्धीत रोग लाग्ने जोखिम धेरै हुन्छ । डाक्टरका अनुसार गिजा र धमनी सुन्निनुबीच बलियो सम्बन्ध रहेको पाइयो । जुन स्ट्रोक, हर्ट अट्याक र मुटु रोगसँग सम्बन्धित बिरामीको कारण भएको पत्ता लाग्यो ।
यस अनुसन्धानमा ३०४ जना सहभागी थिए । सुरुवातमा यी व्यक्तिहरुको धमनी र गिजाको परीक्षण गरियो । त्यसपछि ४ वर्षपछि पनि सोही परीक्षण गर्दा १३ जनामा मुटुरोग भएको पत्ता लाग्यो । यस अनुसन्धानका अनुसार धमनी र गिजामा समस्या हुनेहरुमा मुटुरोग हुने पाइयो ।
अनुसन्धानकर्ताका अनुसार पीरियोडोन्टल डिजिजभन्दा पहिला जो व्यक्तिहरुमा हड्डीसँग जोडिएका समस्या थिए ति व्यक्तिहरुलाई मुटु रोगको खतरा कम थियो । तर जसको गिजा सुन्निने समस्या थियो तिनीहरुमा मुटुरोगको समस्या देखियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दुध ढुवानीमा समस्या देखिएको भन्दै संघद्वारा सहज आवागमनको माग
-
नेपाली जनप्रगतिशील मञ्च बहराइनको १५औं स्थापना दिवस सम्पन्न
-
शहरी र फोहोरमैला व्यवस्थापन राष्ट्रिय नीति कार्यान्वयनमा संघ, प्रदेश र स्थानीय तहले समन्वय गर्ने
-
पृथ्वीसँग ठोक्किने छुद्रग्रहका कुरा
-
को बन्ला मोरङ एमाले अध्यक्ष ? बहुमत पुग्ने दुवै पक्षको दाबी
-
अभिनेत्री सुपुष्पा भन्छिन्– फेरि रेशम फिरिरिमा मेरो भूमिका बोल्ड छ