चितुवा भगाउन हात्तीसहितको टोली परिचालन
मङ्गलबार, ०९ कात्तिक २०७८, ०७ : ०९

बेलडाँडी नगरपालिकामा चितुवा भगाउनका लागि हात्तीसहितको टोली परिचालन गरिएको छ । चितुवाले स्थानीय बासिन्दाका गोठमै छिरेर चौपाया मारेर खान थालेपछि शुक्लाफाँटा राष्ट्रिय निकुञ्जले दुईवटा हात्तीसहित वनरक्षकको टोली परिचालन गरेको हो ।
चितुवाले लगातार बाख्रा, बाछाबाछी, गाई, गोरुलाई गोठबाटै मारी लगेर खान थालेको जनगुनासोका आधारमा चितुवा भगाउनका लागि हात्तीसहितको टोली परिचालन गरिएको निकुञ्जका प्रमुख संरक्षण अधिकृत डिलबहादुर पुर्जा पुनमगरले बताए ।
दुई साताको अवधिमै चितुवाले स्थानीय बासिन्दाका आधा दर्जन बढी चौपाया मारेर क्षति गरेको छ । साँझ नहुँदै बस्तीमा छिरेर चितुवाले घरपालुवा जनावर मार्न थालेपछि स्थानीय बासिन्दाले साँझपछि गाउँघरमा हिँडडुलसमेत बन्द गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा दुई जना पक्राउ
-
प्रथम आईजीपी कप क्रिकेट प्रतियोगिता सम्पन्न
-
चक्रवातको पीडा बिर्सेर नेपथ्यसँगै नाच्यो ब्रिसबेन
-
बाल सुधार गृहमा झडप र आगजनी, ४९ जना घाइते
-
वस्तु तथा सेवा खरिदमा ठगिनुभयो ? अब सिधै उपभोक्ता अदालत जानुहोस्
-
विभिन्न क्याम्पसहरूमा तालाबन्दी, स्ववियु निर्वाचन अनिश्चित