शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

दसैँमा दोब्बरले बढ्यो आयात

मङ्गलबार, ०९ कात्तिक २०७८, ०६ : ३९
मङ्गलबार, ०९ कात्तिक २०७८

मुख्य चाडबाडको समय र कोभिड–१९ सङ्क्रमण दर पनि न्यून हुँदै गएपछि अन्तर्राष्ट्रिय व्यापारमा व्यापक वृद्धि भएको छ । नेपालीको मुख्य चाडबाड दसैँको महिना अर्थात् असोजमा मात्रै अन्तर्राष्ट्रिय व्यापारको आकार दुई खर्ब रुपियाँ नजिक पुगेको छ । भन्सार विभागको असोजसम्मको व्यापार तथ्याङ्कअनुसार आयात र निर्यात दुवैमा भएको वृद्धिले समग्र व्यापार बढेको देखिन्छ । 

तथ्याङ्कअनुसार चालू आर्थिक वर्ष २०७८/७९ को तीन महिनासम्म नेपालले चार खर्ब ७८ अर्ब रुपियाँको वस्तु आयात गरेको छ जुन अघिल्लो आवको तीन महिनासम्मको तुलनामा करिब ६४ प्रतिशतले बढी हो । असोजमा मात्रै एक खर्ब ६४ अर्ब रुपियाँको वस्तु आयात भएको देखिन्छ, यो कोभिड सङ्क्रमणयताकै बढी हो । 

असोजसम्म सबैभन्दा धेरै २३ अर्ब ३२ करोड रुपियाँको डिजेल आयात भएको छ । त्यसपछि दोस्रोमा २० अर्ब ६० करोडको कच्चा भटमास तेल, १७ अर्ब १७ करोडको मोबाइल, १३ अर्बको कच्चा पाम तेल र १२ अर्ब ८६ करोडको पेट्रोल आयात भएको छ । आजको गोरखापत्र दैनिकमा समाचार छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप