बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

नेपालको वैदेशिक व्यापार– ४ खर्ब ७८ अर्बको आयात, ६५ अर्बको निर्यात

सोमबार, ०८ कात्तिक २०७८, २१ : २८
सोमबार, ०८ कात्तिक २०७८

चालू आर्थिक वर्ष २०७८–७९ को तीन महिनाको अवधिमा नेपालको निकासी १०९ प्रतिशतले बढेको छ । भन्सार विभागले साउनदेखि असोज महिनासम्ममा नेपालको निर्यात १०९ प्रतिशतले बढेको जानकारी दिएको हो ।

यस अवधिमा नेपालबाट विदेशतर्फ ६५ अर्ब ५ करोड २८ लाख रुपैयाँको निर्यात भएको छ । गत आर्थिक वर्ष २०७७/७८ को तीन महिनामा नेपालबाट ३१ अर्ब ४ करोड ६० लाख रुपैयाँको निर्यात भएको थियो ।

यसैगरी, चालू वर्षको तीन महिनाको अवधिमा नेपालले विदेशबाट ४ खर्ब ७८ अर्ब ५२ करोड रुपैयाँको आयात भएको छ । यो गत आर्थिक वर्षको तीन महिनाको अवधिमा भएको आयातको तुलनामा ६३ प्रतिशतले बढी हो ।

गत वर्षको सोही अवधिमा नेपालले २ खर्ब ९२ अर्ब २६ करोड रुपैयाँको आयात गरेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप