ad

नेपाल एयरलाइन्सको कार्यकारी अध्यक्षमा अधिकारी नियुक्त

person explore access_timeकात्तिक ८, २०७८ chat_bubble_outline0

सरकारले नेपाल एयरलाइन्सको कार्यकारी अध्यक्षमा  युवराज अधिकारीलाई नियुक्त गरेको छ । मन्त्रिपरिषद् बैठकले उनलाई अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।


बैठकले एयरलाइन्सका यसअघिका अध्यक्ष सुशील घिमिरेको राजीनामा स्वीकृत गर्ने निर्णय पनि गरेको छ । अधिकारीलाई कार्यकारी अधिकारसहितको अध्यक्ष बनाइएको हो । अधिकारीले  निगमबाटै केही वर्षअघि निर्देशक पदबाट अवकाश पाएका थिए । उनी उमेर हदका कारण सेवा निवृत्त भएका थिए ।



निगममा डिमप्रसाद पौडेल महाप्रबन्धक छन् । उनलाई तत्कालीन केपी ओली सरकारले नियुक्त गरेको थियो । नयाँ नियुक्तिसँगै उनको भूमिका खुम्चिने बताइएको छ ।









कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।