शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

धानबालीको क्षति अध्ययन गर्न गृहसचिवको संयोजकत्वमा कार्यदल गठन

सोमबार, ०८ कात्तिक २०७८, १९ : ४८
सोमबार, ०८ कात्तिक २०७८

सरकारले बेमौसमी वर्षाबाट देशका विभिन्न जिल्लाका धानबालीमा पुर्याएको क्षति अध्ययन गर्न कार्यदल गठन गरेको छ ।  सोमबार बसेको मन्त्रिपरिषद बैठकले गृह मन्त्रालयका सचिव टेकनारायण पाण्डेको संयोजकत्वमा कार्यदल गठन गरेको हो । 

कार्यदललाई तीन दिनभित्र प्रतिवेदन बुझाउन समय दिएको सरकारका प्रवक्ता सञ्चार तथा सुचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए । कार्यदलका सदस्यहरूमा  कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका सचिव, अर्थ मन्त्रालयका सचिव, वाणिज्य सचिव, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव र राष्ट्रिय योजना आयोगका सचिव रहेका छन् । 

त्यस्तै मन्त्रिपरिषद बैठकले नेपाल एयरलाइन्सको कार्यकारी अध्यक्ष सुशील घिमिरेको राजीनामा स्वीकृत गर्दै युवराज अधिकारीलाई सो पदमा नियुक्त गरेको छ बैठकले नेपाल पुनर्बीमा कम्पनीको लिमिटेडको सञ्चालक समितिको अध्यक्षमा डा.रविन्द्र घिमिरे र सदस्यमा मदन पोखरेललाई नियुक्त गरेको छ ।

बैठकले कोभिड १९ बाट प्रभावित अति विपन्न परिवारलाई नगद दिन कार्यविधि स्वीकृत गर्नुका साथै नेपाल प्रहरी र सशस्त्र प्रहरीको रासनको दररेट १५ प्रतिशतले बृद्धि गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप