सुन तस्करी प्रकरण : गोरेले सनम शाक्यको परिवारलाई १३ लाख क्षतिपूर्ति भर्नुपर्ने
३३ सुन तस्करी प्रकरणका मुख्य अभियुक्त चुणमणि उप्रेती गोरेले सनम शाक्यको परिवारलाई १३ लाख बढी क्षतिपूर्ति भर्नुपर्ने भएको छ । तस्करीको सुन हराएपछि गोरे समूहबाट शाक्यको हत्या भएको थियो ।
जिल्ला अदालत मोरङका न्यायाधीश भरत लम्सालको इजलासले गोरेलाई अपहरण तथा शरीर बन्धक मुद्दामा १० वर्ष कैद, एक लाख जरिवाना र मृतक शाक्यको परिवारलाई १३ लाख ११ हजार क्षतिपूर्ति भराउने गरी सजाय निर्धारण गरेको अदालतका श्रेस्तेदार टिकेन्द्रबीरजंग राणाले जानकारी दिए ।
श्रेस्तेदार राणाले गोरेलाई मुद्दा दर्ता भएदेखि सजाय निर्धारण भएको मितिसम्म दैनिक एक सयका दरले १३ लाख ११ हजार रुपैयाँ क्षतीपूर्ती भराउने गरी फैसला भएको बताए । सुन तस्करी प्रकरणमा भने सफाई पाएका गोरेलाई शाक्यको हत्या अभियोगमा दोषी ठहर गरेको थियो । असोज १९ गतेको फैसलामा अपहरण तथा शरीर बन्धक मुद्दामा दोषी ठहर गरेपनि सजाय निर्धारण गरेको थिएन । गत असोज १९ गते सुन तस्करी प्रकरणका मुख्य आरोपी गोरेसहित ५६ जना प्रतिवादीलाई जिल्ला अदालत मोरङले सफाई दिएको थियो ।
सनम शाक्य हत्या र सुन तस्करी प्रकरणमा ७७ जनालाई प्रतिवादी बनाइएको थियो । ती मध्ये २१ जना अझै फरार छन् । फरार रहेकाहरुको मुद्दा मुल्तबीमा राखिएको छ । गोरेसहित ८ जनालाई भने अदालतले शाक्यको हत्या अभियोगमा दोषी ठहर गरेको थियो । २०७४ माघ ९ गते आयात भएको ३३ किलो सुन हराएपछि खोजी गर्ने क्रममा गोरेसहितको समूहले फागुन १८ गते सनम शाक्यको हत्या गरेको दाबी सरकार पक्षको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अखिल (क्रान्तिकारी) केन्द्रीय समितिको तेस्रो बैठक सम्पन्न, एकता प्रक्रियालाई अन्तिम टुङ्गो दिने निर्णय
-
२ मतको अन्तरले रास्वपा बागमतीको सभापतिमा उत्सव अर्याल विजयी
-
एचआइभी नियन्त्रण र उपचारमा सुधार भए पनि लाञ्छना र विभेद अझै गम्भीर
-
ब्राजिल विरुद्ध मोरक्को : टिम, तथ्यांक र पूर्वानुमान
-
मोहनचन्द्र अधिकारीको ‘जगेडा जिन्दगी’ सार्वजनिक
-
सुदूरपश्चिम प्रदेशसभा : वार्षिक नीति कार्यक्रम पारित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण