शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

ज्योति विकास बैंकमा स्मार्ट सेभिङ बचत खाता खोल्दा ५.७५ प्रतिशत ब्याज

सोमबार, ०८ कात्तिक २०७८, १७ : ५४
सोमबार, ०८ कात्तिक २०७८

ज्योति विकास बैंकले एउटै खातामा ३ सुविधा भएको ज्योति स्मार्ट सेभिङ बचत खाता योजना ल्याएको छ । यो खाता खोल्दा शून्य मौज्दातमा बचत, निःशुल्क डिम्याट र मेरो सेयर तथा सर्वाधिक ५.७५ प्रतिशत ब्याजदर प्रदान गरिने बैंकले जानकारी दिएको छ । 

बैंकका अनुसार बचतसँगै शेयर बजारमा लगानी गर्न चाहेका नागरिकलाई सहजता प्रदान गर्न डिम्याट खाता र मेरो सेयर सुविधासहितको ज्योति स्मार्ट सेभिङ खाता संचालनमा ल्याइएको हो । बचत खाता खोल्ने ग्राहकले शून्य मौज्दातमै डिम्याट खाता, मेरो सेयर रजिस्ट्रेसन, सि–आस्वा, मोबाइल बैंकिङ्ग सेवा, इन्टरनेट बैंकिङ्ग सेवा र डेबिट कार्ड सुविधा निःशुल्क पाउन सकिने बैंकले जनाएको छ ।

यस बचत खातामा महिला निक्षेपकर्ताहरूका लागि ज्योति लकर सुविधामा ५० प्रतिशत छुट पनि रहेको छ । ग्राहकहरूले ज्योति स्मार्ट सेभिङ खाता आफूलाई पायक पर्ने नजिकको शाखा कार्यालय अथवा अनलाइनमार्फतपनि खाता खोली आकर्षक ब्याजदर सहितको सुविधा लिन सक्ने बैंकले दाबी गरेको छ ।

ज्योति विकास बैंकले हाल १०५ शाखा कार्यालय, १ एक्सटेन्सन काउन्टर तथा ६२ वटा एटीएममार्फत सेवा उपलब्ध गराउँदै आएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप