बैंकको निक्षेप संकलन २० अर्बले घट्यो
सोमबार, ०८ कात्तिक २०७८, १७ : ४४
अघिल्लो हप्ताको तुलनामा यस हप्ता वाणिज्य बैंकहरुको निक्षेप संकलनमा २० अर्बले गिरावट आएको छ ।
नेपाल बैंकर्स संघले सोमबार जारी गरेको साप्ताहिक रिपोर्ट अनुसार गत असोज ३१ गतेदेखि कार्तिक ५ गतेसम्ममा २७ वाणिज्य बैंकहरुले निक्षेप संकलनमा २० अर्ब रुपैयाँले घट्दै ४२ खर्ब ४९ अर्ब रुपैयाँमा सीमित भएको हो ।
अघिल्लो हप्ता बैंकहरुले ४२ खर्ब ६९ अर्ब संकलन गरेका थिए ।
तथापि, यता कर्जा लगानी तर्फ भने अघिल्लो हप्ताको तुलनामा यस हप्ता पनि समान रहेको संघले जनाएको छ । गत हप्ता ३९ खर्ब ९८ अर्ब कर्जा लगानी गरेको बैंकले यस हप्ता पनि सोही परिमाणमा लगानी गरेको संघले जनाएको छ । त्यसो त मुख्य चाड दशैं यहीँ हप्ता पर्दा आर्थिक गतिविधि खासै नहुनाले निक्षेप संकलनमा कमी आएको र कर्जाको माग पनि नबढेको बैंकहरुको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चितनको माडीमा १२ सय परिवार गरिब
-
रुसका रासायनिक सुरक्षा बल प्रमुखको हत्या आरोपमा उज्बेकिस्तानी युवक पक्राउ
-
विदेशिक रोजगारीमा जानेको स्वास्थ्य परीक्षण कार्य सुधारका लागि प्रतिवेदनमाथि छलफल
-
१२ बजे, १२ समाचार : नेपालबाट चीनमा मासु निर्यातका लागि सम्झौतादेखि दुर्गा प्रसाईंलाई धरौटीमा रिहा गर्न आदेशसम्म
-
एसइईमा अब ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाइने
-
काठमाडौँको चन्द्रागिरीमा १७ वर्षीया किशोरीको हत्या