बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

मेयर कप भेट्रान्स फुटबल : फर्पिङ स्पोर्टस डेभलपमेन्टको विजयी सुरुवात

सोमबार, ०८ कात्तिक २०७८, १७ : ४३
सोमबार, ०८ कात्तिक २०७८

फर्पिङ स्पोर्टस डेभलपमेन्टले मेयर कप भेट्रान्स फुटबल प्रतियोगितामा विजयी सुरुवात गरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सोमबार भएको खेलमा फर्पिङले फुटबल फेलोसिपलाई ११–० गोल अन्तरले पराजित गरेको हो ।
फर्पिङको जितमा निरज श्रेष्ठले चार गोल गर्दा गणेश लावतीले ह्याट्रिक पूरा गरे ।

त्यस्तै नरकुमार राईले २ गोल तथा अनिल गुरुङ र सल्यान खड्गीले एक–एक गोल गरे । हाम्रो फुटबल नेपालको प्रायोजन रहेको फर्पिङका क्याप्टेन कृष्ण गुरुङ पेनाल्टी गोल गर्न चुकेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप