शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

एस्ट्राजेनेका खोपको दोस्रो मात्रा भोलिदेखि दिइने

सोमबार, ०८ कात्तिक २०७८, १७ : ३१
सोमबार, ०८ कात्तिक २०७८

कोरोनाभाइरस विरुद्धको एस्ट्राजेनेकाको दोस्रो मात्रा खोप कात्तिक ९ गतेदेखि लगाइने भएको छ । काठमाडौंका ८ वटा स्थानीय तहमा १८ वर्षमाथि उमेर समूहलाई दोस्रो मात्रा दिन लागिएको हो ।  जिल्ला स्वास्थ्य कार्यालय काठमाडौंका अनुसार काठमाडौं महानगरपालिका अन्र्तगत नेपाल प्रहरी अस्पताल, वीरेन्द्र सैनिक अस्पताल, वीर अस्पताल, परोपकार प्रसूति गृह तथा स्त्रीरोग अस्पताल र निजामती कर्मचारी अस्पतालबाट खोप दिइनेछ । यी अस्पतालमा दुई दिनसम्म खोप दिइने छ ।

यस्तै, कीर्तिपुर नगरपालिका, चन्द्रागिरि नगरपालिका, नागार्जुन नगरपालिका, कागेश्वरी मनोहरा नगरपालिका, तारकेश्वर नगरपालिका, टोखा नगरपालिका र गोकर्णेश्वर नगरपालिका स्थानीय तहका खोप केन्द्रमा तीन दिनसम्म अभियान सञ्चालन हुने भएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप