शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

पाँचथर दुर्घटना : मृतकको संख्या ४ पुग्यो, घाइतेको उद्दारका लागि सेनाको हेलिकप्टर जाँदै (अपडेट)

सोमबार, ०८ कात्तिक २०७८, १७ : ०३
सोमबार, ०८ कात्तिक २०७८

पूर्वी पहाडी जिल्ला पाँचथरमा भएको यात्रुबाहक बस दुर्घटनामा परी मृत्यु हुनेको संख्या ४ पुगेको छ । मृतकमध्ये ३ जनाको पहिचान खुलेको छ ।  पहिचान खुल्नेमा मोरङ लेटाङका ७ वर्षीय प्रज्वल मगर, इलामकी ३४ वर्षीय प्रमिला देवान र उनका ७ महिनाका छोरा निश्चल देवान रहेका छन्। एक महिलाको सनाखत हुन बाँकी रहेको जिल्ला प्रहरी कार्यलय पाँचथरका प्रहरी प्रमुख डिएसपी धनबहादुर थापाले जानकारी दिए ।

१२ जना घाइतेलाई उपचारका लागि झापा पठाइएको प्रहरीले जनाएको छ ।  ७ वर्षीय प्रज्वल मगरको पाथीभरा अस्पताल, इलाम बस्ने ३४ बर्षीया प्रमिला देवानको जिल्ला अस्पताल र उनका ७ महिने छोरा निश्चल देवान र पहिचान हुन नसकेकी महिलाको समर्पित अस्पताल पाँचथरमा मृत्यु भएको हो ।

घाइते अन्यको उद्दारका लागि नेपाली सेनाको एम आइ १७ हेलिकप्टर पठाइएको बताइएको छ । गृहमन्त्री बालकृष्ण खाणको निर्देशनमा हेलिकप्टर पठाइएको मन्त्रालयका सूचना अधिकारी दिलकुमार तामाङले जानकारी दिए ।
सोमबार पाँचथरको सविखोलाबाट फिदिम आउँदै गरेको को १ ख ३८६५ नम्बर को बस सरखण्डेमा दुर्घटना भएको थियो । घटनामा ६० जनाभन्दा बढी घाइते भएका र उनीहरुमध्ये १९ जनाको अवस्था गम्भिर रहेको प्रहरीको भनाई छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप