शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

आयुष्मानकी श्रीमतीले रेष्टुरेन्टमा छोरा नै भुलेकी थिइन्, वेटरले लिफ्ट अड्काउँदै भनेका थिए, ‘म्याम, तपाईंले आफ्नो बच्चा बिर्सनुभयो’

सोमबार, ०८ कात्तिक २०७८, १६ : ५६
सोमबार, ०८ कात्तिक २०७८

बलिउड अभिनेता आयुष्मान खुरानाकी श्रीमती ताहिरा कश्यपले एक अन्तरवार्तामा कुराकानीका बेला आफू पहिलो पटक आमा बनेपछिको अनुभवबारे कुरा गर्दै रेष्टुरेन्टमा खाना खाएपछि आफ्नो बच्चा नै बिर्सिएर निस्किएको र यो नै आफ्नो सबैभन्दा ठूलो गल्ती भएको बताएकी छिन् । अभिनेता आयुष्मान खुराना र ताहिरा कश्यपको पहिलो सन्तान सन् २०१२ मा जन्मिएको थियो जसको नाम विराजवीर हो । उनकी एक छोरी वरुष्का पनि छिन्, उनी सात वर्षकी भइन् ।

ताहिराले आफ्नो बच्चालाई रेष्टुरेन्टमा छोडेर निस्किइन्ः

ताहिराले भनिन्, ‘म आफ्नो बच्चालाई एउटा रेष्टुरेन्टमा छोडेर निस्किएकी थिएँ । मैले ब्याग वा बिल बिर्सिइनँ तर आफ्नो बच्चालाई बिर्सिएँ । वेटरले दौडिँदै म भएठाउँ आएर भने, ‘म्याम, तपाईंले आफ्नो बच्चा बिर्सिनुभयो ।’ म असाध्यै लज्जित भएँ र मलाई मानिसहरुले घुरिरहेका थिए ।’

सार्वजनिक बिदामा बच्चालाई स्कूल लिएर जान्थिन् ताहिराः

ताहिराले थपिन्, ‘मैले आफ्नो बच्चालाई सार्वजनिक बिदाको दिन स्कूल छोडिदिएकी छु । यो गल्ती आज पनि रोकिएको छैन । तर अब म आफूलाई अलि धेरै माफी दिन थालेकी छु । म बिरामी हुँदा पनि, जब मेरी आमाले स्थिति नियन्त्रण गरेकी थिइन् । आमाले नै बच्चालाई खाना, खाजा दिने गर्थिन् । त्यतिबेला मलाई ‘ओहो, आमाले बच्चाहरुलाई लगातार दुई दिन चिज स्यान्डविच दिनुभयो । कति अस्वस्थकर छन् यी !’ भनेर चिन्ता हुन्थ्यो । तर अब म ‘यसले के नै फरक पार्ला र ?’ भन्ने भएकी छु । अब मैले केही कुरालाई जान दिन सिकेकी छु ।’

ताहिराले आफ्नो किताबमा पनि यो कुराबारे बताएकी छिन्ः

ताहिराले आफ्नो किताबमा पनि यसबारे कुरा गरेकी छिन् र लेखेकी छिन्, ‘खाना खाइसकेपछि मैले आफ्ना सबै साथीलाई अँगालो हालेँ र म लिफ्ट तर्फ हिँडे । त्यति नै बेला एक कर्मचारी म भएतिर दौडिदैँ आए, लिफ्टको ढोका बन्द हुनबाट रोक्नका लागि खुट्टा अड्काए । उनले भने, ‘म्याडम, तपाईंले आफ्नो बच्चा बिर्सनुभएको छ !’ लिफ्टका सबैले मलाई यस्तो लुक दिए जुन मैले कहिल्यै बिर्सन सक्दिनँ । मानिसहरु बिल तिर्न बिर्सन्छन्, वा आफ्नो ब्याग बिर्सन्छन् । मैले त आफ्नो बच्चा नै बिर्सिएँ, तर मैले आफ्नो ब्याग भने समातिरहेकी थिएँ । कस्ती निर्दयी आमा होला ?’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप