प्रोटोनको ०.९९५ योजना, ४८ घण्टामै ग्राहकको हातमा गाडी

प्रसिद्ध अटोमोबाइल ब्राण्ड प्रोटोनले पहिलो पटक ग्राहक केन्द्रित आकर्ष ०.९९५ योजना ल्याएको छ । प्रोटोनका लागि नेपालको आधिकारिक विक्रेता जगदम्बा मोटर्सेले किस्ताबन्दीमा ०.९९५ प्रतिशतको फाइनान्सिङ सुविधा योजना ल्याएको हो ।
यो योजना चाडपर्व विशेष दशैं तिहार र छठसम्म नै कायम रहने कम्पनीले जनाएको छ । यसका साथै सरल किस्ताबन्दीमा अन्य थुप्रै ब्याजदरको विकल्प समेत उपभोक्ताले उपभोग गर्न पाउने कम्पनीले जनाएको छ । ०.९९५ योजनाको साथमा २.९९५, ५.९९५, ८.९९५ र ११ प्रतिशत ब्याजदरमा पनि फाइनेन्सिङ्गको योजनाहरु पाउन सक्ने कम्पनीले जनाएको छ । जस अन्तर्गत ब्याज अनुसारको किस्ताबन्दीको सुविधा पनि रहेको कम्पनीले जनाएको छ । तर यो योजना सीमित अवधिका लागि मात्र लागु हुनेछन् ।
किस्ताबन्दीमा सवारी खरिद गर्नका लागि शंकर ग्रुप अन्तर्गतको जगदम्बा क्रेडिट एण्ड इन्भेस्टमेन्ट प्रालिले इन हाउस फाइनेन्सिङ्ग सुविधा प्रदान गर्दै आइरहेको छ। नेपालमा बैंकको ब्याजदरमा उतारचढाव भैरहेको अवस्थामा पनि कम्पनीको यस खालको योजनाले ग्राहकलाई निकै सहज हुने कम्पनीको भनाई छ ।
यसका साथै कम्पनीले सबै प्रक्रिया पुर्याएर गाडी अडर गर्ने ग्राहकलाई ४८ घण्टाभित्र गाडी उपलब्ध गराइसक्ने जनाएको छ । हाल नेपाली बजारमा उपलब्ध प्रोटोन गाडीको सुरुवाती मूल्य ३७ लाख ९९ हजार देखि उच्च भेरियन्टमा ८६ लाख ९९ हजार रुपैयाँसम्म रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘कर्मचारीले तलब खान पाएका छैनन्, ओली सरकारलाई पाप लाग्ला’
-
नवलपरासी पश्चिमको बेलासपुरमा दुई समूहबिच झडप, प्रहरी सहित २० जना घाइते
-
बस दुर्घटनामा घाइते भएकाहरूलाई निःशुल्क उपचारको गर्न माग
-
छात्रवृत्तिका लागि कम आवेदन पर्यो, प्रधानमन्त्रीद्वारा आह्वान
-
अहिलेको फेक क्लेमबारे निर्क्योलमा नपुगी सरकारले भुक्तानी दिन सक्दैन : स्वास्थ्यमन्त्री पौडेल
-
तौल घटाउनमा यसले गर्न सक्छ मद्दत