बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

कोरोनाबाट थप १३ जनाको मृत्यु, ७७६ संक्रमित थपिए

सोमबार, ०८ कात्तिक २०७८, १६ : ४०
सोमबार, ०८ कात्तिक २०७८

 बितेको २४ घण्टामा कोरोनाभाइरसबाट १३ जनाको मृत्यु भएको छ । यससँगै देशभर कोरोना संक्रमणबाट मृत्यु हुनेको जम्मा संख्या ११ हजार ३६१ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ७७६ जना संक्रमित थपिएका छन् भने ५०१ जना निको भएका छन् । 

यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या पीसीआर विधिबाट भएको परीक्षणमा ८ लाख ९ हजार ७२९ र एन्टिजेन विधिबाट भएको परीक्षणमा ९४ हजार ११८ जना पुगेको छ । यस्तै हालसम्म ७ लाख ८८ हजार ८ जना संक्रमणमुक्त भएका छन् । हाल देशभर सक्रिय संक्रमितको संख्या १० हजार ३६० जना रहेको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप