शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

एमालेको पालिका अधिवेशन मंगलबार, थापाथलीबाट ओलीले उद्घाटन गर्ने

सोमबार, ०८ कात्तिक २०७८, १६ : ३९
सोमबार, ०८ कात्तिक २०७८

प्रमुख प्रतिपक्ष नेकपा एमाले राष्ट्रिय महाधिवेशनको गृहकार्यमा जुटेको छ । महाधिवेशनअघि वडा र पालिका अधिवेशनमा सम्पन्न गर्ने तयारीमा रहेको एमालेले कात्तिक ९ गते मंगलबार देशैभरका पालिकाहरुमा अधिवेशन गर्दैछ । सो पार्टीले दशौं राष्ट्रिय महाधिवेशन आगामी मंसिर १० देखि १२ गते चितवनमा गर्ने तयारी गरेको छ ।

पालिका अधिवेशनको उद्घाटन अध्यक्ष केपी शर्मा ओलीले गर्नेछन् । पाटी केन्द्रीय कार्यालय थापाथलीबाट दिउँसो १ बजे अध्यक्ष ओलीले एकैपटक भर्चुअल माध्यमबाट पालिका अधिवेशनको उद्घाटन गर्ने कार्यक्रम रहेको पार्टी कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए ।

एमालेले ७५३ स्थानीय तहमा अधिवेशन गर्न लागेको हो । बाढी, पहिरो र डुवानले प्रभावित भएकाबाहेक सवैमा अधिवेशन हुने तामाङले जानकारी दिए । अधिवेशनमार्फत ५ सदस्यीय पदाधिकारी छानिने छन्  । अध्यक्ष –१, उपाध्यक्ष–१, सचिव– १ र उप–सचिव –२ चुनिनेछन् ।

पदाधिकारीसहित गाउँपालिका र नगरपालिकामा ७५ तथा उप–महानगरपालिकामा ८५ र महानगरपालिकामा १०१ सदस्यीय कमिटी चयन हुनेछ । एमालेले यसअघि कात्तिक ६ गते वडा अधिवेशन गरेको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप