एमालेको पालिका अधिवेशन मंगलबार, थापाथलीबाट ओलीले उद्घाटन गर्ने
प्रमुख प्रतिपक्ष नेकपा एमाले राष्ट्रिय महाधिवेशनको गृहकार्यमा जुटेको छ । महाधिवेशनअघि वडा र पालिका अधिवेशनमा सम्पन्न गर्ने तयारीमा रहेको एमालेले कात्तिक ९ गते मंगलबार देशैभरका पालिकाहरुमा अधिवेशन गर्दैछ । सो पार्टीले दशौं राष्ट्रिय महाधिवेशन आगामी मंसिर १० देखि १२ गते चितवनमा गर्ने तयारी गरेको छ ।
पालिका अधिवेशनको उद्घाटन अध्यक्ष केपी शर्मा ओलीले गर्नेछन् । पाटी केन्द्रीय कार्यालय थापाथलीबाट दिउँसो १ बजे अध्यक्ष ओलीले एकैपटक भर्चुअल माध्यमबाट पालिका अधिवेशनको उद्घाटन गर्ने कार्यक्रम रहेको पार्टी कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए ।
एमालेले ७५३ स्थानीय तहमा अधिवेशन गर्न लागेको हो । बाढी, पहिरो र डुवानले प्रभावित भएकाबाहेक सवैमा अधिवेशन हुने तामाङले जानकारी दिए । अधिवेशनमार्फत ५ सदस्यीय पदाधिकारी छानिने छन् । अध्यक्ष –१, उपाध्यक्ष–१, सचिव– १ र उप–सचिव –२ चुनिनेछन् ।
पदाधिकारीसहित गाउँपालिका र नगरपालिकामा ७५ तथा उप–महानगरपालिकामा ८५ र महानगरपालिकामा १०१ सदस्यीय कमिटी चयन हुनेछ । एमालेले यसअघि कात्तिक ६ गते वडा अधिवेशन गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अखिल (क्रान्तिकारी) केन्द्रीय समितिको तेस्रो बैठक सम्पन्न, एकता प्रक्रियालाई अन्तिम टुङ्गो दिने निर्णय
-
२ मतको अन्तरले रास्वपा बागमतीको सभापतिमा उत्सव अर्याल विजयी
-
एचआइभी नियन्त्रण र उपचारमा सुधार भए पनि लाञ्छना र विभेद अझै गम्भीर
-
ब्राजिल विरुद्ध मोरक्को : टिम, तथ्यांक र पूर्वानुमान
-
मोहनचन्द्र अधिकारीको ‘जगेडा जिन्दगी’ सार्वजनिक
-
सुदूरपश्चिम प्रदेशसभा : वार्षिक नीति कार्यक्रम पारित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण