शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

यी हुन् फागुन २० देखि बिदा हुने राष्ट्रिय सभाका २० सांसद (सूचीसहित)

सोमबार, ०८ कात्तिक २०७८, १६ : ३४
सोमबार, ०८ कात्तिक २०७८

 राष्ट्रिय सभाका २० सांसदको पदावधि आगामी फागुन २० मा सकिने भएको छ । पहिलो पटक सदस्यको पदावधि कायम गर्दा गोला प्रथाद्वारा कार्यकाल निर्धारण गरिएको थियो । संविधानको धारा ८६ मा राष्ट्रिसभा गठनसम्बन्धी व्यवस्थामा राष्ट्रिय सभाका सदस्यहरूको पदावधि छ वर्षको हुनेछ । राष्ट्रिय सभाका एक तिहाइ सदस्यको पदावधि प्रत्येक दुई वर्षमा समाप्त हुने व्यवस्था छ । 

जसअनुसार २० जना सांसदको चार वर्षे कार्यकाल फागुन २० मा सकिन लागेको हो ।  नेकपा एमालेका ८, माओवादी केन्द्रका पाँच, एकीकृत समाजवादीका ४ र नेपाली काँग्रेसका ३ जना सांसद राष्ट्रियसभा सदस्यबाट बिदा हुनेछन् ।एमालेका नैनकला ओझा, परशुराम मेघी गुरुङ, अगम प्रसाद वान्तावा, चक्रप्रसाद स्नेही, सुमनराज प्याकुरेल , कोमल वली , रामलखन चमार र कविता बोगटीको कार्यकाल सकिँदैछ । 

यस्तै माओवादी केन्द्रका शशीकला दाहाल ४ वर्ष (राष्ट्रिय सभा उपाध्यक्ष) खिमकुमार विक, दिनानाथ शर्मा  (दलको नेता) जीवन बुढा र रामनारायण विडारी (मनोनित)को पदावधि सकिने छ । नवगठित नेकपा (एकीकृत समाजवादी) उदया शर्मा पौडेल, शान्तिकुमारी अधिकारी, शेरबहादुर कुवँर, खगेन्द्र प्रकाश पुरीको चार वर्षे कार्यकाल पनि सकिएको छ ।

यस्तै नेपाली राधेश्याम अधिकारी (दलको नेता), दृघघनारायण पाण्डे, तारादेवी भट्टको पनि पदावधि सकिँदैछ । दुई वर्ष पदावधिको चिट्ठा परेका १९ जना सांसद ०७६ मा बिदा भएका थिए । उनीहरुको ठाउँमा ६ वर्षका लागि १९ जना निर्वाचित भएर आएका थिए ।

अब राष्ट्रिय सभामा आउने २० सांसदको कार्यकाल ६ वर्षको हुनेछ । उनीहरुको मतदाता प्रदेश सभा सांसद र गाउँ–नगर पालिका प्रमुख–उपप्रमुख हुन्छन् ।  गोला प्रथामा ६ वर्षे पदावधिको चिट्ठा परेका २० जना सांसद छन् ।

हेर्नुहोस् पदावधि सकिने २० सांसदको सूची


 ​

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप