नेपाल–भारत सम्बन्ध सुदृढ भएमात्रै नेपालमा राजनीतिक स्थायित्व : प्रचण्ड
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल–भारत सम्बन्ध सुदृढ गरेरमात्रै नेपालमा राजनीतिक स्थायित्व र विकास सम्भव हुने बताएका छन् । सोमबार नेपालका लागि भारतीय पूर्व राजदूत रञ्जित रेको पुस्तक विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले नेपाल–भारत सम्बन्धका आयाम धेरै भएको भन्दै नेपालको विकासका लागि सम्बन्ध सुदृढ गरेरमात्रै सम्भव हुने बताएका हुन् ।
‘नेपाल भारत सम्बन्धका आयाम धेरै छन् भन्ने कुरा हामी सवैले महशुस गर्छौँ । नेपाल भारत सम्बन्धलाई सुदृढ गरेरमात्रै नेपालमा राजनीतिक स्थायित्व र विकासको वाताबरण बन्न सक्छ भन्ने कुरामा पनि हामी कसैमा दुविधा छैन’, पूर्व प्रधानमन्त्री समेत रहेका प्रचण्डले भने, ‘तर त्यसो गर्दा हामीले आजको २१ शताब्दीको विकासको स्थिति र त्यसले पैदा गरेको मनोविज्ञान र दुवै देशको चासोहरु के हुन् ? त्यो बुझ्नुपर्छ ।’
उनले भारतीय पक्षले बुद्ध नेपालमा जन्मेका हुन् भन्दा र नेपाली पक्षले बुद्धले भारतमा बुद्धत्व प्राप्त गरेका हुन् भन्दा खुसी हुनुपर्ने बताए । ‘भारतीय नेतृत्व र बुद्धिजीवीहरुले बुद्ध नेपालमा जन्मेका हु्न भन्दा खुसी हुनुपर्यो भने नेपाली पक्षले बुद्धले बुद्धत्व भारतमा प्राप्त गरेका हुन् भन्ने मनोविज्ञानको विश्लेषण गर्नुपर्यो’, प्रचण्डको भनाइ छ । उनले त्यसरी विश्लेषण गर्न सके नेपाल भारतबीचका सीमा लगायतका समस्या समाधान गर्न सकिने भन्दै उदार मनसहित त्यसो गर्न सके सीमा लगायतका समस्या समाधान गर्न सकिने समेत बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अखिल (क्रान्तिकारी) केन्द्रीय समितिको तेस्रो बैठक सम्पन्न, एकता प्रक्रियालाई अन्तिम टुङ्गो दिने निर्णय
-
२ मतको अन्तरले रास्वपा बागमतीको सभापतिमा उत्सव अर्याल विजयी
-
एचआइभी नियन्त्रण र उपचारमा सुधार भए पनि लाञ्छना र विभेद अझै गम्भीर
-
ब्राजिल विरुद्ध मोरक्को : टिम, तथ्यांक र पूर्वानुमान
-
मोहनचन्द्र अधिकारीको ‘जगेडा जिन्दगी’ सार्वजनिक
-
सुदूरपश्चिम प्रदेशसभा : वार्षिक नीति कार्यक्रम पारित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण