विश्वका सर्वश्रेष्ठ रोजगारदाता कम्पनीको सूचीको पहिलो नम्बरमा सामसङ

विश्वको सर्वश्रेष्ठ रोजगारदाता कम्पनीको सूचीको पहिलो नम्बरमा सामसङ इलेक्ट्रोनिक्स परेको छ । विश्व प्रसिद्ध पत्रिका फोर्ब्सले हालै सार्वजनिक गरेको एक रिपोर्टअनुसार छनौटमा परेका ७ सय ५० कम्पनीलाई उछिन्दै दक्षिण कोरियाली कम्पनी सामसङ इलेक्ट्रोनिक्सले आफूलाई पहिलो नम्बरमा उभ्याउन सफल भएको हो ।
छनौटमा परेका विभिन्न ७ सय ५० कम्पनीमध्ये शीर्ष २० कम्पनीहरुको प्रतिष्पर्धामा सामसङ अगाडी आउन सफल भएको हो । फोर्ब्सले बर्षेनी सार्वजनिक गर्ने आफ्नो विभिन्न विधाको अध्ययनमा दक्षिण कोरियाली कम्पनी सामसङले वर्षेनी आफ्नो अग्रस्थान कायम गर्दै आइरहेको छ ।
फोर्ब्सको छनौटमा परेका शीर्ष २० कम्पनीहरूमा सामसङपछि दोस्रो स्थान आइवीएमले लिन सफल भएको छ । यस्तै तेस्रोमा माइक्रोसफ्ट, त्यसपछि क्रमशः एमाजोन, एप्पल, अल्फावेट, डेल, हुवावे, एडोव, विएमडब्लु, कोस्टको, कोकाकोला, सिस्को, एडिडास, सिमेन्स, साउथवेस्ट एयरलाइन्स, एयरबस, डा.वेइटेकर, डेसल्ट र डेल्टा कम्पनी परेका छन् ।
कोरोना महामारीका कारण विश्व बजार नै अप्ठ्यारोमा परेका वेला समेत सामसङले आफूलाई विश्वको सर्वश्रेष्ठ रोजगारदाता कम्पनीको सूचीको पहिलो नम्बरमा राख्न सक्नुलाई महत्वका साथ हेरिएको छ । नेपालमा पनि दक्षिण कोरियाली इलेक्ट्रोनिक्स कम्पनि सामसङको महत्वपूर्ण हिस्सा रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
धरानलाई हराउँदै काठमाडौँ फाइनलमा प्रवेश
-
यस्तो देखियो नेपालले हार्दा, तस्बिरहरु
-
राप्रपाको युवा संगठनद्वारा विरोध प्रदर्शन, रामहरि खतिवडाको पुत्ला दहन
-
प्रचण्डमा तीव्र निराशा र छटपटाहट देखिन थाल्योः शंकर पोखरेल
-
जादरानले तोडे च्याम्पियन्स ट्रफीको कीर्तिमान
-
एसपिए कैलाली प्रिमियर लिग–३ को उपाधि भिमदत्तले जित्यो