शेयर बजारमा आयो उछाल, एकैदिन ८७ अंकको वृद्धि
सोमबार, ०८ कात्तिक २०७८, १५ : ४०

लामो समयदेखि घट्दो क्रममा रहेको शेयर बजार परिसूचक नेप्सेमा सोमबार एकाएक उछाल आएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार आज नेप्से परिसूचक अधिकतम ८७.६३ अंकले बढेर २६७२.२५ विन्दुमा उक्लिएको हो ।
जब कि गत आइतबार नेप्से परिसूचक २७ अंकले मात्र बढेको थियो । यस्तै आज ठूला ‘क’ वर्गका कम्पनीहरुको नेप्से पाक सेन्सेटिभ इन्डेक्स समेत १३.६१ अंकले बढेर ५०४.५७ विन्दुमा पुगेको नेप्सेले जनाएको छ ।
यस दिन सबैजसो उपसूचकहरु धनात्मक भएर बजार नै हरियाली भएको छ । यद्यपि, ८७ अंक माथिले बढेको बजारमा कारोबार रकम भने खासै राम्रो हुन सकेको छैन । नेप्सेका अनुसार आज कुल २२९ कम्पनीका ८३ लाख ९५ हजार कित्ता बराबरको शेयर ५३ हजारभन्दा बढी पटक बजारमा किनबेच हुँदा ४ अर्ब ३० करोड ८८ लाखको कारोबार भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
त्रिविमा उपप्राध्यापक परीक्षाको रोचक नतिजा : २५ जना माग गरेकोमा ३ जना पास
-
तीनकुने घटनामा ज्यान गुमाएका पत्रकार रजकको परिवारसँग लिङ्देनको भेट
-
‘अब मेरा पिताजी फर्केर आउनुहुन्न, त्यो हतियार अर्कोलाई नउठोस्’
-
अधिकार त्यसै प्राप्त भएको होइन संरक्षणमा गम्भीर बनौँ : उपप्रधानमन्त्री सिंह
-
एमाले कमजोर भइरहेको अध्यक्ष ओलीद्वारा झापाबाटै स्वीकार
-
स्वदेशमै रोजगारी सिर्जना गर्न सरकार प्रयासरत छ : मन्त्री शाही