शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

रिक्त २२ सांसद पदका लागि उपनिर्वाचन गर्न सरकारले दलहरूसँग छलफल गर्ने

सोमबार, ०८ कात्तिक २०७८, १५ : ३२
सोमबार, ०८ कात्तिक २०७८

सरकारले रिक्त रहेका २२ सांसद पदको उपनिर्वाचन गर्न दलहरूसँग छलफल गर्ने भएको छ। निर्वाचन आयोगले सोमबार प्रधानमन्त्री शेरबहादुर देउवासँग गरेको छलफलका क्रममा उपनिर्वाचनबारे दलहरूसँग छलफल गरेर निष्कर्ष निकालिने समझदारी बनेको हो । 

छलफलका क्रममा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले प्रदेशतर्फ १८ र प्रतिनिधिसभामा ४ सांसदको पद रिक्त रहेको भन्दै कार्यकाल थोरै भएकाले उपनिर्वाचन गर्न सरकारको राय मागेका थिए । जवाफमा प्रधानमन्त्री शेरबहादुर देउवाले दलहरूसँग छलफल गरेर यसबारेमा निष्कर्ष निकालिने बताएको थपलियाले रातोपाटीलाई बताए । 

प्रतिनिधिसभा र प्रदेशसभाको कार्यकाल झण्डै डेढ वर्ष बाँकी रहेकाले यसबारे दलीय सहमति जुटाएर सरकारले रिक्त स्थानमा उपनिर्वाचनबारे निर्णय लिन लागेको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप