शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

भाषणमा मात्रै कुरा गरेर जनताले समृद्धिको अनुभूति गर्न सक्दैनन् : मन्त्री कार्की

सोमबार, ०८ कात्तिक २०७८, १५ : १५
सोमबार, ०८ कात्तिक २०७८

सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जनताले अनुभूति गर्ने गरी समृद्धिको दिशामा अग्रसर हुन सबैलाई आ–आफ्नो ठाउँबाट योगदान पुर्याउन आग्रह गरेका छन् । नेपाल सरकारका प्रवक्ता समेत रहेका मन्त्री कार्कीले समृद्धिको दिशामा सबैले आ–आफ्नो ठाउँबाट अघि बढन सके १० वर्ष भित्रमा दक्षिण एसियामा नेपाल पनि एक सम्पन्न मुलुक बन्ने दावी गरे । 

उनले विज्ञापन बोर्डप्रति लक्षित गर्दै हरेकले आफैले आफैंलाई अनुशासित बनाएर जनतालाई लोकतन्त्रको अनुभूति गराउनुपर्ने आवश्यक्ता समेत औंल्याए । विज्ञापन दिवसको अवसर पारेर सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै मन्त्री कार्कीले समाजका अरु क्षेत्रलाई पनि उदाहरणीय बन्ने गरेर मुलुकको समृद्धिको अभियान जुट्न विज्ञापन क्षेत्रसँग सम्बन्धित संघ, संस्थाहरुलाई सचेत गराए ।

उनले भने, ‘एउटै लक्ष्य हुनुपर्दछ । त्यो भनेको मुलुकलाई समृद्धिको दिशामा अग्रसर गराउने लक्ष्यमा पुर्याउनुपर्छ । हामीले केवल भाषणमा, दस्तावेजमा मात्रै समृद्धिको कुरा गरेर जनताले समृद्धिको अनुभूति गर्न सक्दैनन् । त्यसैले जनताले अनुभूति गर्न सक्ने किसिमको समृद्धिको दिशामा हामी सबैले आ–आफ्नो ठाउँबाट जिम्मेवारीपूर्वक तरिकाले अगाडि बढ्यौं भने मलाई लाग्दछ–१० वर्ष भित्रमा साउथ एसियामा हामी एउटा सम्पन्न मुलुकको रुपमा विकसित हुन सक्छौं ।’

उनले थप भने, ‘त्यसैले त्यस दिशामा अग्रसर हुनका निमित्त आजको दिनले यो क्षेत्रमा रहने साथीहरुलाई पनि प्रेरणा प्रदान गरोस् । र तपाईँहरुले खेलेको भूमिकाले समाजका अरु वर्गलाई उदाहरणीय कार्य गर्न प्रेरित गर्न सकोस् । त्यो पनि म यहाँहरुलाई शुभकामना दिन चाहन्छु ।’

मन्त्री कार्कीले विज्ञापन सम्बन्धि आचारसंहिताको प्रस्तावित मस्यौदामाथि सुझाव दिएर यसलाई समृद्ध बनाउन पनि सरोकारवाला सबै निकायलाई आह्वान गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप