पाँचथर बस दुर्घटना : घाइते भएका २ जनाको मृत्यु (अपडेट)
सोमबार, ०८ कात्तिक २०७८, १४ : ३५
पूर्वी पहाडी जिल्ला पाँचथरमा आज अपरान्ह यात्रुबाहक बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । घटनामा परी पाँच दर्जन यात्रु घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी नायव उपरिक्षक धनबहादुर थापाको अनुसार पाँचथरको सविाखोलाबाट फिदिम आउँदै गरेको को १ ख ३८६५ नम्बर को बस सरखण्डेमा दुर्घटना भएको हो ।
डिएसपी थापाले मृतकको पहिचान हुन नसकेको बताए । घटनामा ६३ जना घाइते भएका र उनीहरुमध्ये १९ जनाको अवस्था गम्भिर रहेको छ । गम्भिर घाइते भएका मध्ये चारजनालाई थप उपचारका लागि झापा पठाइएको छ ।
अन्यको पाँचथर जिल्ला अस्पताल, पाथीभरा अस्पताल र सर्मपति अस्पतालमा उपचार भइरहेको छ । उक्त बस सबिखोलाबाट फिदिम आउँदै गर्दा दुर्घटना परेको थियो । बस दुर्घटनाको कारण भने खुल्न नसकेको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अखिल (क्रान्तिकारी) केन्द्रीय समितिको तेस्रो बैठक सम्पन्न, एकता प्रक्रियालाई अन्तिम टुङ्गो दिने निर्णय
-
२ मतको अन्तरले रास्वपा बागमतीको सभापतिमा उत्सव अर्याल विजयी
-
एचआइभी नियन्त्रण र उपचारमा सुधार भए पनि लाञ्छना र विभेद अझै गम्भीर
-
ब्राजिल विरुद्ध मोरक्को : टिम, तथ्यांक र पूर्वानुमान
-
मोहनचन्द्र अधिकारीको ‘जगेडा जिन्दगी’ सार्वजनिक
-
सुदूरपश्चिम प्रदेशसभा : वार्षिक नीति कार्यक्रम पारित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण