शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

पाँचथर बस दुर्घटना : घाइते भएका २ जनाको मृत्यु (अपडेट)

सोमबार, ०८ कात्तिक २०७८, १४ : ३५
सोमबार, ०८ कात्तिक २०७८

पूर्वी पहाडी जिल्ला पाँचथरमा आज अपरान्ह यात्रुबाहक बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । घटनामा परी पाँच दर्जन यात्रु घाइते भएका छन् । 

जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी नायव उपरिक्षक धनबहादुर थापाको अनुसार पाँचथरको सविाखोलाबाट फिदिम आउँदै गरेको को १ ख ३८६५ नम्बर को बस सरखण्डेमा दुर्घटना भएको हो । 

डिएसपी थापाले मृतकको पहिचान हुन नसकेको बताए । घटनामा ६३ जना घाइते भएका र उनीहरुमध्ये १९ जनाको अवस्था गम्भिर रहेको छ । गम्भिर घाइते भएका मध्ये चारजनालाई थप उपचारका लागि झापा पठाइएको छ ।

अन्यको पाँचथर जिल्ला अस्पताल, पाथीभरा अस्पताल र सर्मपति अस्पतालमा उपचार भइरहेको छ । उक्त बस सबिखोलाबाट फिदिम आउँदै गर्दा दुर्घटना परेको थियो । बस दुर्घटनाको कारण भने खुल्न नसकेको प्रहरीले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप