हरिदेवीलाई ‘लाइफ टाइम’, सुगममा विनोद उत्कृष्ट

वरिष्ठ गायिका हरिदेवी कोइराला ‘लाइफ टाइम अचिभमेन्ट’ अवार्डबाट सम्मानित भएकी छन् । पुष्पाञ्जली स्टुडियो पोखराले आयोजना गरेको ‘गण्डकी म्युजिक अवार्ड– २०७८’ मा उनलाई सो सम्मान दिइएको हो । कार्यक्रममा दोहोरी गायक राजु परियालाई लोक स्वर सम्राटको उपाधि समेत प्रदान गरियो ।
पुष्पाञ्जली स्टुडियो पोखराको आयोजना रहेको नवराज बराल, क्षेत्रबहादुर कुँवर, सम्मरबहादुर थायक, मिठु झा, रेसम सापकोटा र पवित्रा रसाइलीलाई सम्मानित गरिएको अवार्डमा गायक विनोद वाँनियाले सुगम संगीततर्फ उत्कृष्ट अवार्ड प्राप्त गरे ।
‘नयाँलाई प्रोत्साहन अग्रजलाई सम्मान’ भन्ने नारासहित आयोजित कार्यक्रममा सुगम संगीततर्फ विभिन्न विधा गरेर चेतन राई, सुदीप फेल्डर, अमित गुरुङ, दीपक लामा, किरण शर्मा, गोविन्द चापागाईँ, राजबहादुर गुरुङ, रामचन्द्र ढकाल, सन्तोष अधिकारी, सरिता अधिकारी, टेकनारायण चापागाईं, शान्ति सुनार, जयकुमार परियार, विवी अनुरागीले अवार्ड प्राप्त गरेका छन् ।
त्यस्तै जीवन दाहाल, कमल सुशान्त केसी, दिलु फगामी मगर,सुरज रेग्मी, नारायण भट्टराई, सुमित्रा गिरी, सुनिल परियार, कृष्ण गुरुङले पनि सुगम संगीतर्फतको अवार्ड प्राप्त गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पिकअप भ्यान पल्टिंदा दुई जनाको मृत्यु, २२ जना घाइते
-
चीनमाथि थप ५० प्रतिशत अतिरिक्त भन्सार शुल्क लगाउने ट्रम्पको चेतावनी
-
निर्माणाधीन एसियाली राजमार्गले निम्त्याएको प्रदूषण नियन्त्रण गर्न स्थानीयको माग
-
सञ्चारकर्मी तथा गीतकार राधिकाको ‘फूल फूल्यो फक्रियो’ सार्वजनिक
-
आईपीएलमा मुम्बई इन्डियन्सको चौथो हार, बैंग्लुरु तेस्रो स्थानमा यथावत
-
डढेलोले सखाप हुँदै जङ्गल