ad

हरिदेवीलाई ‘लाइफ टाइम’, सुगममा विनोद उत्कृष्ट

person explore access_timeकात्तिक ८, २०७८ chat_bubble_outline0

वरिष्ठ गायिका हरिदेवी कोइराला ‘लाइफ टाइम अचिभमेन्ट’ अवार्डबाट सम्मानित भएकी छन् । पुष्पाञ्जली स्टुडियो पोखराले आयोजना गरेको ‘गण्डकी म्युजिक अवार्ड– २०७८’ मा उनलाई सो सम्मान दिइएको हो । कार्यक्रममा दोहोरी गायक राजु परियालाई लोक स्वर सम्राटको उपाधि समेत प्रदान गरियो ।


पुष्पाञ्जली स्टुडियो पोखराको आयोजना रहेको नवराज बराल, क्षेत्रबहादुर कुँवर, सम्मरबहादुर थायक, मिठु झा, रेसम सापकोटा र पवित्रा रसाइलीलाई सम्मानित गरिएको अवार्डमा गायक विनोद वाँनियाले सुगम संगीततर्फ उत्कृष्ट अवार्ड प्राप्त गरे ।




‘नयाँलाई प्रोत्साहन अग्रजलाई सम्मान’ भन्ने नारासहित आयोजित कार्यक्रममा सुगम संगीततर्फ विभिन्न विधा गरेर चेतन राई, सुदीप फेल्डर, अमित गुरुङ, दीपक लामा, किरण शर्मा, गोविन्द चापागाईँ, राजबहादुर गुरुङ, रामचन्द्र ढकाल, सन्तोष अधिकारी, सरिता अधिकारी, टेकनारायण चापागाईं, शान्ति सुनार, जयकुमार परियार, विवी अनुरागीले अवार्ड प्राप्त गरेका छन् । 



त्यस्तै  जीवन दाहाल, कमल सुशान्त केसी, दिलु फगामी मगर,सुरज रेग्मी, नारायण भट्टराई, सुमित्रा गिरी, सुनिल परियार, कृष्ण गुरुङले पनि सुगम संगीतर्फतको अवार्ड प्राप्त गरेका छन् ।
 







कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।