शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

गैंडाको खाग किनबेच गरेको आरोपमा २ युवक पक्राउ

सोमबार, ०८ कात्तिक २०७८, १३ : ०५
सोमबार, ०८ कात्तिक २०७८

गैंडाको खाग किनबेच गर्न खोजेको आरोपमा महानगरीय अपराध महाशाखाले काठमाडौं महानगरपलिका–९ स्थित गैरीगाउँबाट दुईजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोलुखुम्बुको दुधकोशी गाउँपालिका घर भएका १९ वर्षीय तिलकबहादुर बस्नेत र बाग्लुङको तमनखोला गाउँपालिका घर भएका २८ वर्षीय दिपक गोतामे छन् ।

गैंडाको खाग बेच्न उनीहरुले ६० लाखमा डिल गरेको महानगरीय अपराध महाशाखाका एसएसपी चन्द्रकुवेर खापुङले रातोपाटीलाई बताए । महाशाखाले आरोपीहरुलाई कानुनी कारवाहीका लागी जिल्ला बन कार्यालयमा बुझाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप