दराज अब ४७ सहरमा, ग्रामीण क्षेत्रमा पनि सेवा विस्तार गर्ने
प्रसिद्ध अनलाइन बजार दराजले आफ्नो सेवा देशव्यापी बनाएको छ । आगामी महिनाहरूमा देशभरि आफ्नो डेलिभरी र लजिस्टिक सेवाको विस्तारलाई तीव्रता दिने घोषणा गरेको कम्पनीले हालैमात्र ४७ भन्दा धेरै सहरमा आफ्नो उपस्थिति पुगिसकेको जनाएको हो । साथै, हालसम्म सहर केन्द्रीत मात्र रहेको कम्पनीले अब आफ्नो सेवा ग्रामीण क्षेत्रमा समेत विस्तार गर्ने योजना बनाइरहेको बताएको छ । २०१८ सालमा अलिबाबाद्वारा कम्पनीको अधिग्रहणपछि, दराजले नेपाली बजारमा ई–कमर्सका साथै अन्तरदेशिय रोड नेटवर्कको भूमिका खेलिरहेको छ ।
प्रमुख कम्पनीको मुद्दा भनेको देशदेखि अन्तर्राष्ट्रिय बजारमा समेत उपयुक्त सडक नेटवर्कको विस्तार गर्ने रहेको जनाएको छ । प्रथमत देशभरका प्रमुख शहरहरुलाई एक आपसमा जोड्ने र ई–कमर्सको विकास गर्ने कम्पनी ध्यय रहेको छ । यसै मुद्दालाई सम्बोधन गर्न दराजले प्रत्येक वर्ष एउटा विशिष्ट इलाकासंग परिचित वितरण कर्मीहरुसंग साझेदारी गर्दै आएका छ ।
हाल दराजको देशभर १५ वटा डेलिभरी हबहरू रहेका छन् । पूर्व बिर्तामोड, विराटनगर, जनकपुर, बीरगंज, भरतपुर, हुँदै पश्चिम तर्फ पोखरा, बुटवल, धनगढी र काठमाडौं उपत्यका भित्रका मुख्य सहरहरु भक्तपुरको सल्लाघारी, काठमाडौंको पुरानो बानेश्वर, बालाजु, गोपीकृष्ण, न्यूरोड, थसिखेल र सोल्टिमोडमा डेलिभरी हब रहेको कम्पनीले जनाएको छ । यी हबहरुबाट ग्राहकहरुको उत्पादनहरु वितरण गरिने कम्पनीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बालुवाटारमा मन्त्रिपरिषद् बैठक सुरु, कुलमानबारे निर्णय हुने सम्भावना
-
कर्णाली प्रदेश सभा : सांसद प्रश्न राखेको राख्यै, मन्त्री जवाफ नदिने
-
‘नवीन समझदारी’ गर्न राप्रपाको आह्वान, पूर्वराजाको स्वागत सफलतापूर्वक भएको निष्कर्ष
-
नबिल एसएसई फेलोसिप कार्यक्रमको आवेदन खुला
-
पुलिसलाई हराउँदै फाइनल पुग्यो चर्च ब्याइज, उपाधिका लागि थ्रीस्टारसँग भिड्ने
-
स्ववियु निर्वाचनका लागि मनोनयन पत्र वितरण