प्रधानमन्त्री देउवाले बोलाए मन्त्रिपरिषद बैठक
सोमबार, ०८ कात्तिक २०७८, १२ : ३०
प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद बैठक बोलाएका छन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सोमबार अपरान्ह ४ बजे मन्त्रिपरिषद बैठक बोलाइएको छ । सुदूरपश्चिम र प्रदेश एकका बाढी–पहिरो प्रभावित क्षेत्रको निरीक्षण गरी काठमाडौं फर्किएपछि देउवाले सोमबार मन्त्रिपरिषदको बैठक बोलाएका हुन् ।
सहरी विकासमन्त्री रामकुमारी झाँक्रीका अनुसार आजको बैठकले बाढी–पहिरो पीडितलाई राहत र क्षतिपूर्तिका सन्दर्भमा निर्णय लिने छ । सरकार सञ्चालनका सन्दर्भमा हुने नियमित काम कारबाहीबारे पनि छलफलको एजेण्डा रहेको उनको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बेँसीसहर–खुदी सडक कालोपत्र सम्पन्न
-
काठमाडौँमा फेरि वायु प्रदूषण बढ्यो, बन्यो विश्वकै सबैभन्दा धेरै प्रदूषित सहर
-
देशभर कक्षा १२ को परीक्षा शान्तिपूर्ण रूपमा जारी
-
कविता सुनाएर फिल्म प्रचार गर्दै ‘मनसरा’
-
‘पूर्ण बहादुरको सारङ्गी’मा गायक प्रकाश सपुत अनुबन्धित
-
गुल्मीमा मोटरसाइकल दुर्घटना, एकजनाको मृत्यु, एक घाइते