बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

समीक्षासँगको बिषयमा पलले भने, ‘चित्त दुखाएको छु भने माफी माग्दछु’

सोमबार, ०८ कात्तिक २०७८, १२ : १६
सोमबार, ०८ कात्तिक २०७८

अभिनेता पल शाहले गायिका समीक्षा अधिकारीसँगको सम्बन्धको विषयमा पछिल्लो समय मिडियामा आएको समाचारले आफूलाई दुःखी बनाएको बताएका छन् । उनले सामाजिक सञ्जालमा एक स्टाटस पोष्ट गर्दै गायिका  अधिकारीसँगको आफ्नो मित्रता र सहकार्य गलत रुपमा समाचारमा प्रयोग भएको बताएका छन् । आफ्नो र समीक्षाको बिषयमा आएको समाचारले आफूलाई माया गर्ने दर्शक समेत दुखी भएको उनको भनाई रहेको छ ।

‘मैले सँधै दर्शक श्रोता मेरो घर अनि मिडियालाई आफ्नो परिवार मानेको छु र सदैव मानिरहने छु । यहि घरपरिवारको माया, आशीर्वाद र शुभेच्छाको कारणले गर्दा नै म यहाँसम्म आइपुगेको हो’ उनले अगाडि भनेका छन्, ‘मैले जानेर नजानेर कसैको चित्त दुखाएको छु भने म यसै पोस्टमार्फत हार्दिक माफी माग्दछु ।’ उनले व्यक्त्तिगत प्रतिष्ठा र चरित्र हत्या हुने गरि समाचार नबनाई दिनुहुन मिडियालाई अनुरोध समेत गरेका छन् ।

‘अरु कलाकारहरूसँग जस्तै र अरुले जस्तै सांगीतिक सहकार्य गायिका समिक्षा अधिकारीसँग पनि भएको कुरा यहाँहरुलाई विदितै छ । हुँदै नभएका, गर्दै नगरिएका, बिना आधारका कुराहरुलाई गसिप बनाएर एउटा कलाकार र उसको व्यक्त्तिगत जीवनमाथि आँंच आउँने किसिमले लेखिएका झुटा समाचारहरूले मलाई अत्यन्तै दुःखी बनाएको छ’ उनले अगाडि  ‘यसरी कसैको व्यक्तिगत प्रतिष्ठा र चरित्र हत्या हुने गरि बदनाम गर्ने गरि समाचार नबनाई दिनुहुन सम्पूर्ण मिडियाकर्मी ज्यूहरुलाई हार्दिक अनुरोध गर्दछु ।’

आइतबार लिसँगको समाचारको बिषयमा गायिका समीक्षा अधिकारीले पनि एक स्पष्टीकरण सार्वजनिक गरेकी थिइन् ।

यस्तो छ पलको स्टाटस 
नमस्कार,
देश विदेशमा रहनुभएका सम्पुर्ण मेरा दर्शक श्रोता ज्युहरुमा हार्दिक सम्मान अनि धेरै माया । विगत केही दिनदेखि मेरो र गायिका समिक्षा अधिकारीको बिषयमा आइरहेका समाचारबाट म लगायत मेरो परिवार अनि मलाई माया गर्नुहुने सिङ्गो दर्शक दिर्घ नै दुखी बनेको महशुस हामीले गरेका छौ ।

जुनसुकै क्षेत्रमा काम गर्दा पनि केही व्यक्ति समूह कहि न कहिँ कुनै न कुनै प्रकारले नजिक हुने गर्छ । यो हामी सबैलाई थाहा भएकै कुरा हो । मेरो पेशा र विधाका कारण म धेरै मान्छेहरूसँग सहकार्य गर्नुपर्ने हुन्छ र मसँग जोडिनु हुने मेरा अग्रज, अनुज र सहकर्मीहरुमाझ मैले सदैब आफुलाई सहज र सहयोगी तवरले प्रस्तुत गरिरहेको हुन्छु ।

अरु कलाकारहरूसँग जस्तै र अरुले जस्तै साङ्गीतिक सहकार्य गायिका समिक्षा अधिकारीसँग पनि भएको कुरा यहाँहरुलाई विदितै छ । हुँदै नभएका, गर्दै नगरिएका, बिना आधारका कुराहरुलाई गसिप बनाएर एउटा कलाकार र उसको व्यक्तिगत जीवनमाथि आँच आउने किसिमले लेखिएका झूटा समाचारहरूले मलाई अत्यन्तै दुःखी बनाएको छ । यसरी कसैको व्यक्तिगत प्रतिष्ठा र चरित्र हत्या हुने गरि बदनाम गर्ने गरि समाचार नबनाई दिनुहुन सम्पूर्ण मिडियाकर्मीज्युहरुलाई हार्दिक अनुरोध गर्दछु ।

मैले सँधै दर्शक श्रोता मेरो घर अनि मिडियालाई आफ्नो परिवार मानेको छु र सदैव मानिरहने छु । यहि घर परिवारको माया, आशीर्वाद र शुभेच्छाको कारणले गर्दा नै म यहाँसम्म आइपुगेको छु । मैले जानेर नजानेर कसैको चित्त दुःखाएको छु, भने म यसैपोस्ट मार्फत हार्दिक माफी माग्दछ ।

गायिका समिक्षा अधिकारी र मेरो बीचमा भएको मित्रता र सहकार्यलाई अन्य अन्य तथानम शीर्षक दिएर सिङ्गो पत्रकारिता लाई पनि बदनाम गर्ने र हाम्रो चरित्र हत्या हुने कार्य नगरिदिनुहोला ।  धन्यवाद 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप