न्यायाधीशहरूको संयुक्त बैठक सुरू, फुलकोर्ट बैठक प्रभावित
सर्वोच्च अदालतका न्यायाधीशहरुको संयुक्त बैठक सुरु भएको छ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले सोमबारका लागि फुलकोर्ट बैठक बोलाएकोमा न्यायाधीशहरुको संयुक्त बैठक सुरु भएको हो । न्यायाधीशको बैठकका कारण फुटकोर्ट बैठक प्रभावित भएको छ ।
यस्तै आज इजलास समेत बसेको छैन । प्रधानन्यायाधीशको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै आइतबार न्यायाधीशहरुको अनौपचारिक बैठकले फुलकोर्ट बैठक बहिस्कार गर्ने निर्णय गरेको थियो । आइतबारमात्रै नेपाल बार एसोसिएसनका कार्यसमिति सदस्यहरुले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरासँग भेट गरी तत्काल फुलकोर्टको बैठक राख्न आग्रह गरेका थिए ।
प्रधानन्यायाधीशकै कारण न्यायालय विवादमा परेको र यसले न्यायालयको गरिमामा आँच आएको कारण न्यायालय सुधारको काम तत्कालै सुरु गर्नुपर्ने माग बारको थियो । त्यसलगत्तै प्रधानन्यायाधीश जबराले सोमबार अपरान्ह १ः३० बजेका लागि सर्वोच्चको पूर्ण बैठक (फुलकोर्ट) बोलाउने प्रतिवद्धता जनाएका थिए ।
यसैबीच सर्वोच्च अदालतमा प्रधानन्यायाधीश र न्यायाधीशहरूबीच लफडा चलिरहेका बेला केही न्यायाधीशहरु भने खप्तडदेखि अमेरिकासम्मको भ्रमणमा निस्किएका छन् ।
सर्वोच्च अदालत स्रोतका अनुसार हाल न्यायाधीशद्वय सपना मल्ल प्रधान र अनिलकुमार सिन्हा खप्तड भ्रमणमा छन् । उनीहरु पूर्व निर्धारित कार्यक्रम अनुसार नै खप्तड भ्रमणमा निस्किएको बुझिएको छ । त्यस्तै अर्का न्यायाधीश ईश्वरप्रसाद खतिवडा अमेरिका भ्रमणमा छन् ।
न्ययायाधीश नहकुल सुवेदी सोमबार आकस्मिक विदामा बसेका छन् । तेजबहादुर केसी र डा। कुमार चुडाल पनि विदामा बसेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दोलालघाट-जिरोकिलो सडकखण्ड अवरुद्ध, सडक खुलाउने प्रयास
-
जीवनराम श्रेष्ठको नेतृत्वलाई आइओसीले दियो मान्यता
-
रवीन्द्र मिश्र र धवल शमशेरको रिहाइको लागि राजनीतिक र कानुनी लडाई जारी राख्ने राप्रपाको निर्णय
-
मन्त्रालय बाँडफाँड गरेर शासन चलाउन एमालेसँग सहकार्य गरेका होइनौँ : एनपी साउँद
-
सैलुनमा एसी र इन्भर्टर जोड्न दिने तोकादेश तथ्यहीन र अतिरञ्जित – उपमहानगरपालिका
-
दाउन्नेमा मन्त्री दाहालको निरीक्षण, मनसुन अगावै सक्न निर्देशन