बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

भिरबाट लडेर पत्रकार राईको मृत्यु

सोमबार, ०८ कात्तिक २०७८, ११ : ५०
सोमबार, ०८ कात्तिक २०७८

पत्रकार किसन राईको भिरबाट लडेर मृत्यु भएको छ । गएराति ओखलढुंगाबाट खोटाङ हुँदै धरान जाने क्रममा खोटाङको दिक्तेल–रुपाकोट–मझुवागढी नगरपालिका–८ पंखु खोलामा लडेका राईको उपचारका क्रममा मृत्यु भएको हो । यात्राका क्रममा राई सवार गाडी रोकेर शौच गर्ने क्रममा भिरबाट लडेको जिल्ला प्रहरी कार्यालय खोटाङले जानकारी दिएको छ ।

ओखलढुंगाको मोलुङ गाउँपालिका–२ टेकनपुरबाट धरान नगरपालिका–१५ बसाइँ सरेका पत्रकार राई नेपाल पत्रकार संघ हङकङका अध्यक्ष हुन् । राई हङकङबाट प्रकाशित हुने एभरेष्ट साप्ताहिक तथा एभरेष्ट खबर डटकमका प्रकाशक तथा सम्पादक र नेपाल आदिवासी जनजाति महासंघ हङकङका अध्यक्ष समेत भएको प्रेस चौतारी नेपालका महासचिव राजेश राईले जानकारी दिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप