चीनमा पुनः कोरोनाभाइरसको संक्रमण बढ्दो
सोमबार, ०८ कात्तिक २०७८, ११ : ३९
चीनमा एकपटक पुनः कोरोनाभाइरसको संक्रमण फैलिएको र यसका लागि डेल्टा भेरियन्ट जिम्मेवार रहेको बताइएको छ । चीनको सरकारी पत्रिका ग्लोबल टाइम्सको रिपोर्ट अनुसार पछिल्लो एक हप्तामा चीनको ११ प्रान्तमा कोरोनाभाइरस पुनः फैलिएको छ ।
चीनको वरिष्ठ स्वास्थ्य अधिकारीले डेल्टा भेरियन्टको यो मामिला विदेशबाट आएको बताएका छन् । चीनका केही महामारी रोग विशेषज्ञले यो सन् २०२० मा उहानमा फैलिएको संक्रमणपछि सबैभन्दा खतरनाक संक्रमण हुनसक्ने धारणा व्यक्त गरेका छन् ।
पछिल्लो एक हप्तामा चीनमा कोभिड–१९ का १३३ नयाँ संक्रमित भेटिएका छन् जसमध्ये १०६ संक्रमित अन्य देशबाट आएका पर्यटक थिए । । १७ अक्टाबेरपछि चीनका ११ प्रान्तमा घरेलु संक्रमितको संख्यामा पनि वृद्धि भइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेसले मुख्यमन्त्री कँडेलविरूद्ध अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने
-
साउन २९ गते कांग्रेस संस्थापन इतरपक्षले बोलायो राष्ट्रिय भेला
-
बंगलादेशमा दादुराबाट थप ६ जनाको मृत्यु
-
एनआरएनए पूर्वअध्यक्ष शर्माद्वारा भूमि प्रशासन कार्यालय चितवनको शौचालय पुनर्निर्माण गरेर हस्तान्तरण
-
एमालेका मन्त्रीहरूको राजीनामापछि अल्पमतमा बागमती सरकार
-
आन्दोलनमा ध्वस्त भएका सिंहदरबार र सर्वोच्च अदालत कसरी हुँदैछ पुनर्निर्माण ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण