शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

सिद्धार्थ बैंकले १५ प्रतिशत लाभांश दिने

सोमबार, ०८ कात्तिक २०७८, ११ : ३७
सोमबार, ०८ कात्तिक २०७८

सिद्धार्थ बैंकले १५ प्रतिशत लाभांश वितरण गर्ने भएको छ ।  बैंकले गत वर्षको नाफाबाट आफ्ना शेयधनीहरुलाई १४.२५ प्रतिशत बोनस शेयर र ०.७५ प्रतिशत नगद लाभांश दिने भएको हो ।  गत आइतबार बसेको सञ्चालक समितिको बैठकले उक्त लाभांश वितरणको प्रस्ताव गरेको हो । हाल बैंकको कायम चुक्ता पूँजी १० अर्ब ९६ करोड २२ लाख ९९ हजार १ सय ९५ रुपैयाँ रहेको छ । 

यसबाट १५ प्रतिशत लाभांश वितरण गर्दा बैंकले १ अर्ब ६४ करोड ४३ लाख ४४ हजार ८८० रुपैयाँ खर्च गर्नेछ ।  जसमध्ये बोनस शेयर तर्फ १४.२५ प्रतिशतका १ अर्ब ५६ करोड २१ लाख २७ हजार र नगदतर्फ ०.७५ प्रतिशत अर्थात् ८ करोड २२ लाख १७ हजार २४४ रुपैयाँ खर्च हुनेछ ।

लाभांश भने बैंकको साधारणसभाबाट पारित भएपछि मात्र वितरण हुनेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप