मकवानपुरको मनहरीमा एक पुरुष मृत फेला
सोमबार, ०८ कात्तिक २०७८, ११ : ३४
मकवानपुरको मनहरीमा एक व्यक्ति मृत अवस्थामा फेला परेका छन् । सोमबार बिहान मनहरी गाउँपालिका वडा नम्बर–३ हाँडीखोलामा स्थानीय २८ वर्षीय रमेश सुवेदीका शव फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । उनी झुण्डिएको अवस्थामा फेला परेको प्रहरीको भनाई छ ।
आफ्नै घरबाट करिब ५ सय मिटर भित्रको जंगलमा झुण्डिएको अवस्थामा सुवेदीको शव फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक जयश्वर रिमालले जानकारी दिए । उनकाअनुसार हाल घटनास्थल सिल गरी प्रहरी टोलीले घटनास्थल र शवको मुचुल्का उठाउने काम गरिरहेको छ ।
मुचुल्का उठाएपछि पोस्टमार्टमको लागि हेटौंडा अस्पतालमा ल्याइने प्रहरी नायव उपरीक्षक रिमालले बताए । उक्त घटनाको विषयमा आवश्यक अनुसन्धान भइरहेको उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अग्नि पीडितलाई राहत उपलब्ध गराउन गृहमन्त्रीसँग सीके राउतको आग्रह
-
जसपा महाधिवेशन प्रतिनिधि चयन गर्ने निर्देशिकाको मस्यौदा तयार
-
प्युठानमा सुत्केरीको हत्या आरोपमा ५ जना पक्राउ, २ जना फरार
-
फ्राईडे रिलिज : फिल्म हलमा केकी अधिकारीको ‘बोक्सीको घर’
-
कतारमा ६२५ नेपाली कामदार अलपत्र
-
‘वेस्ट इन्डिजविरुद्धको शृङ्खला टी-२० विश्वकपको तयारीका लागि उपयुक्त अवसर’