शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

सुनको मूल्य तोलामा ३०० रुपैयाँले बढ्यो

सोमबार, ०८ कात्तिक २०७८, ११ : २३
सोमबार, ०८ कात्तिक २०७८

सोमबार नेपाली बजारमा छापावाला सुनको मूल्य तोलामा ३०० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका गत आइतबार बजारमा प्रतितोला ९२ हजार एक सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य सोमबार ३०० रुपैयाँले बढेर ९२ हजार ४०० रुपैयाँ पुगेको हो । 

यस्तै, तेजाबी सुनको मूल्य समेत सोमबार तोलामा ३०० रुपैयाँले नै बढेर ९१ हजार ९०० रुपैयाँ कायम भएको छ । चाँदीको मूल्य भने सोमबार तोलामा ५ रुपैयाँले बढ्दै एक हजार २६५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । गत आइतबार चाँदी प्रतितोला एक हजार २६० रुपैयाँमा कारोबार भएको थियो । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप