काठमाडौँबाट ११ जना अफगानी ‘शरणार्थी’ नियन्त्रणमा
सोमबार, ०८ कात्तिक २०७८, १० : ४९
काठमाडौं । काठमाडौंको सिनामंगलबाट अफगानिस्तानबाट आएका ११ जना शरणार्थीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । अफगान मुलका ११ जनालाई सिनामंगलस्थित एक होटलबाट सोधपुछका लागि नियन्त्रणमा लिइएको केन्द्रीय अनुसन्धान ब्यूरोका एसपी श्याम कुमार महतोले रातोपाटीलाई बताए । तालिबानले अफगानिस्तानको सत्ता कब्जा गरेपछि उनीहरु शरण खोज्दै नेपाल आएको बताइएको छ ।
अफगानीहरु बिना अनुमती नेपाल आएको पुष्टि भए अध्यागमन कानुन अनुसार कारबाही गरिने गृह मन्त्रालयका प्रवक्ता (सहसचिव) फणिन्द्रमणी पोखरेलले बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एकीकृत समाजवादीको राष्ट्रिय महाधिवेशन सर्यो
-
इलाममा सुहाङलाई भोट माग्दै ओलीले भने– जिताउनुस्, विकासको जिम्मा म लिन्छु
-
इलाम र बझाङमा कसरी गर्दैछ निर्वाचन आयोगले आचारसंहिता अनुगमन ?
-
जीबी राईलाई सुपुर्दगी गर्न मलेसियन सरकारलाई कूटनीतिक पत्र
-
अमेरिकी जहाज निर्माण अनुसन्धान ‘झुटो आरोपले भरिएको छ’– चीन
-
दोलखामा पूर्वसुरक्षाकर्मी परिषद् बिस्तार अभियान