शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

यम बरालको नयाँ गीत ‘खुशीको गीत’

सोमबार, ०८ कात्तिक २०७८, १० : ३६
सोमबार, ०८ कात्तिक २०७८

काठमाडौँ । गायक यम बरालको स्वर रहेको नयाँ गीत ‘खुशीको गीत’ म्युजिक भिडियो सहित सार्वजनिक भएको छ । वीरेन्द्रकुमार बलामीको शब्द तथा राजकुमार बगरको संगीत रहेको गीतमा कमल सौरागको संगीत संयोजन छ ।

प्रेम र खुसीका शब्हरु समेटिएको गीतको म्युजिक भिडियो सञ्चारकर्मी कुमार आचार्यले निर्देशन गरेका हुन् । पछिल्लो समय टेलिश्रृंखला, वेब सीरीज तथा तथा म्युजिक भिडियोमा समेत सक्रिय आचार्यले केही फिल्मसमेत निर्देशन गरेका छन् । रमेश क्षेत्री, अनामिका कार्की र रितिष्का क्षेत्रीको अभिनय समेटिएको भिडियोमा अमृत पाण्डेको छायाँकन र विशाल बिसीको सम्पादन छ ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप