शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

बुटवलका डिएसपी ४ महिनामा फेरिए, दरबारमार्गमा खड्का

सोमबार, ०८ कात्तिक २०७८, १० : २९
सोमबार, ०८ कात्तिक २०७८

काठमाडौं । रुपन्देही स्थित इलाका प्रहरी कार्यालय बुटवलका डिएसपी मदन कुँवरलाई ४ महिनामै हटाइएको छ । प्रहरी प्रधान कार्यालयले बुटवलमा डिएसपी ठगबहादुर केसीलाई पठाएको छ । केसी तनहुँ स्थित गण्डकी प्रदेश ट्राफिक प्रहरी कार्यालय बेलचौतरामा कार्यरत थिए । कुँवर चार महिनाअघि मात्र बुटवलको इन्चार्ज भएका थिए । प्रहरी प्रधान कार्यालयले महानगरीय प्रहरी वृत्त दरबारमार्गको इन्चार्ज पनि परिवर्तन गरेको छ । दरबारमार्ग वृत्तमा डिएसपी विश्वराज खड्कालाई काज सरुवा गरिएको प्रहरी प्रवक्ता (एसएसपी) बसन्त कुँवरले रातोपाटीलाई बताए ।

दरबारमार्गमा कार्यरत डिएसपी रामेश्वर पौडेललाई प्रहरी प्रशिक्षण प्रतिष्ठानमा सरुवा गरिएको छ । काठमाडौं जिल्लाको आकर्षक पोष्टिङ मानिने दरबारमार्गमा सरुवा भएका खड्का पूर्व गृहमन्त्री स्वर्गीय खुमबहादुर खड्काका भतिजा हुन् । उनले यसअघि पनि महानगरीय प्रहरी वृत्त बालाजुको इन्चार्ज भएर काम गरेका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप