शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

निलो पानीको सरोवर गोसाइँकुण्ड (फोटो फिचर)

सोमबार, ०८ कात्तिक २०७८, १० : १०
सोमबार, ०८ कात्तिक २०७८

नेपालको रसुवा जिल्लामा रहेको गोसाइँकुण्ड चौथाइ माइल फराकिलो निलो पानीको सरोबर हो । यो  ४,३८० मिटरको उचाईंमा रहेको छ । यसका वरिपरि अरू १०८ वटा कुण्ड रहेका छन् । जसमध्ये एउटा पार्वती कुण्ड रहेको छ भने मुख्य गोसाइँकुण्डलाई चाहिँ शिवकुण्ड मानिन्छ । यहाँको प्राकृतिक बनावट र कुण्डहरूले नै यसलाई आकर्षक गन्तव्यस्थल बनाइदिएको छ । साथमा यात्रामा भेटिने तामाङ संस्कृति र प्रकृतिका छटाले पनि मन तान्छन् । गोसाइँकुण्ड लाङटाङ राष्ट्रिय निकुञ्ज भित्र रहेको छ । यस ताललाई सन् २००७ सेप्टेम्बरमा रामसार क्षेत्र भित्र समावेश गरिएको छ । ​

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप