यो तिहारमा मखमली फूलको मालाको मूल्य १ सयसम्म पर्ने

यस वर्षको तिहारमा मखमली फूलको मालाको खुद्रा मूल्य १ सय रुपैयाँसम्म पर्ने भएको छ । कोरोना महामारी र पछिल्लो समय परेकोे बेमौसमी वर्षात्ले फूलखेती प्रभावित भएको छ । यसले आन्तरिक उत्पादन घटेकाले मालाको मूल्य बढ्ने भएको हो । फ्लोरिकल्चर एशोसिएशन अफ नेपालका अनुसार मखमली फूलको १ मिटरसम्म लम्बाइको मालाको खुद्रा मूल्य गतवर्षको भन्दा २० रुपैयाँले बढेर १ सयसम्म पुग्ने अनुमान गरिएको छ । मालाको लम्बाइ अनुसार त्यसको मूल्य निर्धारण हुने गर्दछ । गतवर्ष मखमली फूलको मालाको खुद्रा मूल्य ८० रुपैयाँ थियो ।
केही दिनअघि परेको पानीले फूलखेतीमा ३० देखि ३५ प्रतिशतसम्म क्षति पुगेको एशोसिएशनको प्रारम्भिक तथ्यांक छ । त्यसैगरी कोरोना महामारीका कारण करीब २२ प्रतिशत पुष्प व्यवसायी पलायन हुँदा समग्र फूलखेतीमा कमी आएकोे बताइएको छ । चितवन, रूपन्देही, नवलपरासी, दाङ, काठमाडौं, धादिङ, नुवाकोट, काभ्रेपलाञ्चोक लगायत जिल्लामा लगाइएको फूलखेतीमा वर्षात्ले धेरै क्षति पुर्याएको एशोसिएशनका महासचिव विश्वमणि पोखरेलले बताए । यद्यपि तिहारमा खपत हुने मखमली फूलको ८५ प्रतिशत माग आन्तरिक उत्पादनले धान्ने र बाँकी १५ प्रतिशत माग फूल आयातपछि पूर्ति हुने उनले बताए ।
यो समाचार आजको राजधानी दैनिकमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्वास्थ्य बीमालाई व्यवस्थित गर्न काम थालिसक्यौँ : मन्त्री पौडेल
-
कोशी प्रदेशसभामा उठ्यो भ्रष्टाचारी ठहरिएका पराजुलीको विषय
-
काठमाडौँबाट ठुलो परिमाणमा ट्रामाडोल क्याप्सुलसहित २ व्यक्ति पक्राउ
-
‘नेपालमा पानी जहाज चलाउने कुरामा ठट्टा गरे, अहिले आवश्यक लाग्न थाल्यो’
-
भियतनाममा पनि पोखराकै जस्तो बेलुन विस्फोट, जन्मदिन मनाउँदा भयो यस्तो घटना
-
‘आवश्यक जनशक्ति नहुँदा जयनगर-जनकपुर रेल्वे सेवा घाटामा’