शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

शालाहको कीर्तिमानमा युनाइटेडको लज्जास्पद हार

आइतबार, ०७ कात्तिक २०७८, २३ : ३५
आइतबार, ०७ कात्तिक २०७८

मोहमम्द शालाहको ह्याट्रिक गर्दा १० खेलाडीमा सिमित म्यान्चेस्टर युनाइटेडले घरेलु मैदानमा लज्जास्पद हार बेहोर्न बाध्य बनेको छ । आइतबार राति युनाइटेड लिभरपुलसँग ५–० को विशाल अन्तरले पराजित बनेको हो ।

खेलको शुरुवातमा नै नाबी किएटाले लिभरपुलाई अग्रता दिलाए भने १३ औँ मिनेटमा डिओगो जोटाले लिभरपुलको अग्रता दोब्बर बनाए । पहिलो हाफको अन्त्यतिर शालाहले दुई गोल थप्दै लिभरपुलको अग्रता फराकिलो बनाए । प्रिमियर लिगको इतिहासमा युनाइटेडले पहिलो हाफमा चार गोल खाएको यो पहिलो अवसर हो ।

दोस्रो हाफको शुरवातमा नै शालाहले अर्को गोल गदै आफ्नो ह्याट्रिक पुरा गरे । ओल्ड ट्राफोडमा कुनै पनि विपक्षी खेलाडीले ह्याट्रिक गरेको यो १८ वर्षपछि पहिलो पटक हो । पछिल्लो पटक सन् २००३ मा रियल म्याड्रिडका लागि ब्राजिलका रोनाल्डोले ह्याट्रिक गरेका थिए । ह्याट्रिकसँगै शालाहले डिडिएर ड्रोग्बालाई उछिन्दै प्रिमियर लिगमा सर्वाधिक गोल गर्ने अफ्रिकी खेलाडीको कीर्तिमान पनि बनाएका छन् ।

उता, दोस्रो हाफमा मैदान प्रवेश गरेका पाउल पोग्बाले किएटामाथि फल हानेपछि १५ मिनेटमा नै रातो कार्ड खाँदै मैदान छाड्न बाध्य बनेका थिए । त्यसपछि कुनै गोल भने हुन सकेन । योसँगै लिभरपुल लगातार दुई अवे खेल गोल नखाई ५ वा सोभन्दा गोलको अन्तरले जित्ने दोस्रो टोली पनि बनेको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप