शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

पोखरामा मुद्दा मिलाइदिने भन्दै ५ लाख माग्ने २ जना पक्राउ

आइतबार, ०७ कात्तिक २०७८, २१ : ५९
आइतबार, ०७ कात्तिक २०७८

पोखरामा जुवातास खेलेको आरोपमा पक्राउ परेकाको मुद्दा मिलाइदिने प्रलोभन देखाएर ठुलो रकम ठगी गरेको आरोपमा २ जना पक्राउ परेका छन् । गत असोज १९ गते पोखराको लामाचौरबाट जुवातास खेलिरहेको अवस्थामा पक्राउ परी अनुसन्धानमा रहेका प्रतिवादीलाई छुटाइदिने भन्दै पाँच लाख रुपैयाँ ठगी गर्न खोजेको आरोपमा प्रहरीले २ जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा काभ्रे खानीखोला–१ घर भइ हाल पोखरा बस्ने वर्ष २९ का चन्द्रबहादुर बल र गोरखा शहीद लखन गाउँपालिका –१ स्थायी घर भई हाल पोखरा अर्घौंचोक बस्ने वर्ष ३१ का जीवन गुरुङ रहेको प्रहरीले जनाएको छ । रकम माग गरेर ठगी गर्न खोजेको भन्ने जाहेरीको आधारमा उनीहरुलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता एवं डिएसपी सुवास हमालले जानकारी दिए । 

उनका अनुसार जुवा तथा सट्टेबाजी मुद्दामा अनुसन्धानमा रहेका प्रतिवादीहरुलाई उनीहरुले प्रहरी, वकिल र अदालतमा आफूहरुले चिनेका व्यक्तिहरु भएकाले मुद्धा मिलाइदिने भन्दै पाँच लाख माग गरेका थिए । पक्राउ परेका दुवैलाई ठगी, अपराधिक विश्वासघात तथा आपराधिक लाभसम्बन्धी कसुरमा जिल्ला अदालतमा म्याद थप गरी अनुसन्धान अगाडि बढाइएको प्रवक्ता हमालले बताए । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप