ad
खेलकुद

कोहलीको अर्धशतकमा भारतद्वारा १ सय ५२ रनको लक्ष्य प्रस्तुत

person explore access_timeकात्तिक ७, २०७८ chat_bubble_outline0

टी–२० विश्वकप अन्तरगत सुपर १२ को खेलमा भारतले पाकिस्तानसामु जीतका लागि १ सय ५२ रनको लक्ष्य प्रस्तुत गरेको छ । कप्तान विराट कोहलीको अर्धशतकको मद्दतमा भारतले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ५१ रन बनाएको हो ।


कप्तान कोहलीले सर्वाधिक ५७ रन बनाए । ४९ बलको पारीमा उनले ५ चौका र १ छक्का हिर्काए । भारतले खेलमा निकै खराब शुरुवात गरेको थियो । ६ रनको अवस्थामा नै भारतले दुवै ओपनरलाई गुमाएको थियो । सूर्यकुमार यादव पनि ११ रन बनाएर आउट भएपछि कोहलीले ऋषभ पन्तसँग मिलेर भारतको पारी सम्हाले । पन्तले ३९ रनको योगदान दिए ।



त्यसपछि कोहलीलाई रवीन्द्र जडेजाले १३ रन बनाउँदै साथ दिएका थिए । १९ औँ ओभरमा कोहली क्याच आउट हुन पुगे । पाकिस्तानका लागि शाहिन अफ्रिदीले ३ विकेट लिए भने हसन अलीले २ विकेट लिए ।
 









कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।