मकालु आधार शिविरमा पर्यटकको मृत्यु
सङ्खुवासभाको मकालु गाउँपालिका–२ मकालु आधार शिविरमा एकजना डेनिस नागरिकको मृत्यु भएको छ । मकालु–२ मकालु आधार शिविरमा डेनमार्कका हेन्रिक थोर्वजन एडर्शनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका सूचना अधिकारी शुभेष अधिकारीले जानकारी दिए ।
अधिकारीका अनुसार थोर्वजन एडर्शनको मकालु आधार शिविरभन्दा केही माथि शनिबार दिउँसो मृत्यु भएको हो । गत असोज २५ गते ३ विदेशी पर्यटकसहित १० जनाको टोली ताप्लेजुङ हुँदै मकालुतर्फ आधार शिविर गएका थिए ।
यसैबीच मकालु आधार शिविरमा फसेका दुई विदेश पर्यटकसहित एक नेपालीको सकुशल उद्धार गरिएको छ । आइबार दिउँसो दुईजना डेनिस नागरिक र एकजना नेपालीको हेलिकप्टरमार्फत उद्धार गरिएको प्रहरीले जनाएको छ । मकालु आधार शिविरको हिउँमा फसेका अन्य ६ जना नेपाली नागरिका उद्धारको पहल भइरहेको उद्धारमार्फत काठमाडौँ पुगेका निरज कार्कीले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अध्यादेशबारे निर्णय लिनुअघि उपेन्द्रले भेट देउवा र ओलीलाई
-
भविष्यको बारेमा प्रश्न सोधिएपछि रिसाए रोहित शर्मा
-
गोलभेँडादेखि आलु-प्याजसम्मको मूल्यसूची हेर्नुहोस्
-
करोड ९९ लाख लागतमा भारतीय दूतावासको सहयोगमा विद्यालय भवन बनाइने
-
प्रदर्शनकारीले बङ्गलादेशमा जलाए शेख हसीनाको पिताको घर
-
संविधान संशोधन अग्रगमनका लागि हुनुपर्छः रेखा शर्मा