प्रधानमन्त्रीदेखि अख्तियारसम्मलाई बोधार्थ गर्दै सीके राउतद्वारा आन्दोलनको घोषणा
सीके राउत नेतृत्वको जनमत पार्टीले विभिन्न माग राख्दै पहिलो चरणको आन्दोलनको घोषणा गरेको छ । सो पार्टीको केन्द्रीय कार्यकारीणी समितिको बैठकबाट निर्णय भएर सोमबारदेखि कात्तिक १६ गतेसम्म चरणबद्ध आन्दोलनको घोषणा गरिएको हो ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गृह मन्त्रालय, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, जिल्ला प्रशासन कार्यालय धनुषा र जिल्ला प्रहरी कार्यालय धनुषालाई बोधार्थ गरिएको आन्दोलनका घोषणाबारेको राउतको ४ पृष्ठ लामो विज्ञप्तिमा सरकारले जनमत पार्टीका कार्यकर्ताविरुद्ध चरम दमनको नीति लिएको भन्दै त्यसको विरोध गरिएको छ । यस्तै पक्राउ परेका नेता कार्यकर्ताको रिहाइको माग पनि गरिएको छ ।
यस्तै विज्ञप्तिमा जनकपुरस्थित पार्टी कार्यालयको साइनबोर्डमा भएको आगजनीमा संलग्नलाई कारबाही गर्न प्रहरीलाई राउतले ४८ घण्टाको अल्टिमेटम दिएका छन् भने भ्रष्टाचारमा संलग्न प्रदेश २ का जिम्मेवार व्यक्तिहरुलाई पक्राउ गरी मुद्दा चलाउन अख्तियारसँग माग समेत गरेका छन् ।
राउतले पहिलो चरणको आन्दोलनमा सोमबार जिल्ला सदरमुकामहरूमा सिटी जुलुस निकाल्ने, ९ गते पालिकाहरुमा मोटरसाइकल जुलुस निकाल्ने, १० गते वडातहमा कोणसभा र मसाल जुलुस गर्ने, ११ गते वडास्तरमा प्रशिक्षण चलाउने, १२ गते सदरमुकामहरूमा मसाल जुलुस निकाल्ने तय गरिएको छ ।
यस्तै १६ गते वडा तथा टोलहरूमा कोणसभा र अन्तरक्रिया कार्यक्रमहरुको गरेर माग जनतासमक्ष जानकारीहरु गराउने तथा सर्वपक्षीय जनआन्दोलनको तय समेत गरिने राउतले बताएका छन् ।
पछिल्लो समय राउतले भ्रष्टाचारविरुद्ध गतिविधि सञ्चालन गर्दै आएका छन् भने सोही क्रममा जनकपुरमा कर्मचारीलाई अर्धनग्न बनाएर राउतका कार्यकर्ताले बजार घुमाएका थिए ।




खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एकपटक पाएको मतका आधारमा दम्भ नदेखाउन सरकारलाई पन्तको चेतावनी
-
३० हजार किशोरकिशोरीलाई दादुराविरूद्धको खोप प्रदान गरिने
-
परराष्ट्रमन्त्रीको स्पष्टीकरण, ‘प्रधानमन्त्रीले उठाउनुभएको विषय दशगजा अतिक्रमणसँग सम्बन्धित हो’
-
उनकै शब्द सापटी लिँदै निश्कलले अर्थमन्त्री वाग्लेमाथि लगाए राजद्रोहको आरोप
-
अमेरिकामा एआई बहसलाई प्रभावित गर्न चीनले च्याटजीपीटी प्रयोग गरिरहेको आरोप
-
सरकार कूटनीतिक माध्यमबाट सीमा सम्बन्धी विवाद समाधान गर्न प्रतिबद्ध छः परराष्ट्रमन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण