ग्लोबल आइएमई बैंकको २८२ औँ शाखा ललितपुर मंगलबजारमा
आइतबार, ०७ कात्तिक २०७८, १९ : १५
ग्लोबल आइएमई बैंक लिमिटेडले २८२औँ शाखा ललितपुरको मगंलबजारमा खोलेको छ । आज –कात्तिक ७ गते) देखि मंगलबजारमा सो बैंकले शाखा सञ्चालनमा ल्याएको हो । यो सँगै बैंकले देशका ७६ जिल्लामा शाखा संख्या २८२ पु¥याएको छ ।
२५१ एटीएम, २६० स्थानमा शाखारहित बैंकिङ्ग सेवा, ४८ एक्सटेन्सन, राजश्व संकलन काउन्टर तथा तीनवटा वैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी सेवा केन्द्र संख्या ८४० भन्दा स्थापना गरिसकेको बैंकले जानकारी दिएको छ । यी सबै सेवा केन्द्रबाट २६ लाखभन्दा धेरै ग्राहकहरूलाई सेवा प्रदान गरिएको बैंकले दाबी गरेको छ ।
बैंकले अमेरिका, बेलायत, क्यानडा, अष्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरेबिया, कतार, यूएई, बहराइन, कुवेत, भारत, जोर्डन र हङकङ लगायत मुलुकबाट प्राप्त हुने रेमिट्यान्स भित्र्याउन सेवा पनि दिइरहेको जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रिय प्रणालीमा जोडियो साञ्जेनबाट उपत्पादित विजुली
-
हस्पिट्यालिटी क्षेत्रमा भिन्न उपस्थिति-‘हर्ष बाटिका’
-
अमेरिकाको म्याडिसनस्थित एक स्कुलमा गोली चल्यो, संदिग्ध छात्रसहित तीन जनाको मृत्यु
-
१२ बजे, १२ समाचार : रविविरुद्ध ३ मुद्दादेखि घट्यो दाल, चामल, तेल र चिनीको बजार भाउसम्म
-
सक्षम र नैतिकवान नागरिक तयार गर्नु सबैको दायित्व : मुख्यमन्त्री कार्की
-
स्थानीय तहमा विपद व्यवस्थापन संस्थागत हुन सकेन : अध्ययन