शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

कूटनीतिका ‘क’ पनि नजान्नेहरु राजदूत बन्दा दुःख लाग्छः भीम रावल

आइतबार, ०७ कात्तिक २०७८, १८ : ५०
आइतबार, ०७ कात्तिक २०७८

नेकपा एमालेका उपाध्यक्ष एवम् पूर्वउपप्रधानमन्त्री भीम रावलले नेपालले कूटनीतिक क्षेत्रलाई सबैभन्दा सुदृढ बनाउनुपर्नेमा जोड दिएका छन् । उपाध्यक्ष रावलले देशको पहिचानलाई विश्वसामू पु-याउन पनि नेपालले कूटनीतिक क्षेत्रलाई सुदृढ बनाउनुपर्ने आवश्यकता औंल्याए । 
संयुक्त राष्ट्र संघको स्थापना दिवसको अवसर पारेर आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले नेपालमा कूटनीतिको ‘क’ पनि नजान्नेहरु राजदूत भएर विभिन्न देश गएको देख्दा आफूलाई दुःख लाग्ने गरेको बताए । 

उपाध्यक्ष रावलले देशको पहिचान मेटाएर आफ्नो पहिचान भेटाउने प्रयास नगर्न पनि कूटनीतिज्ञहरुलाई सचेत गराए । उनले भने, ‘मैले यस्तो राजदूत देखेको छु, जसलाई अंग्रेजीको ‘अ’ आउँदैन । कूटनीतिको ‘क’ आउँदैन । मेरो देश नेपाल हो । यो नेपालको हितमा हुनुपर्छ भनेर बोल्न सक्दैन । ऊ नै राजदूत बनेर जाने गरेको छ ।’

उपाध्यक्ष रावलले विश्व शान्तिका लागि परिचालन हुने सुरक्षाकर्मीहरुको सेवा र सुरक्षाको उचित व्यवस्थाका लागि  संयुक्त राष्ट्र संघसँग पहल गर्न सरकारलाई सुझाव दिए । उनले आफूले रक्षामन्त्री हुँदा त्यसको पहल गरेपनि समय अभावमा कारण काम गर्न नसकिएको जिकिर गरे । 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप