बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

कञ्चनपुरका बाढी पीडितलाई तत्काल राहत र क्षतिपूर्ति दिलाउने नेता लेखककाे आश्वासन

आइतबार, ०७ कात्तिक २०७८, १८ : ३९
आइतबार, ०७ कात्तिक २०७८

 नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवम पूर्वमन्त्री रमेश लेखकले कञ्चनपुर जिल्लाका बाढीग्रस्त क्षेत्रमा गएर बाढी पीडितहरुसँग भेटघाट र छलफल गरेका छन्। आइतबार नेता लेखक बाढी प्रभावित क्षेत्रका नागरिकसँग राहत र क्षतिपूर्तिका सन्दर्भमा छलफल गरेका थिए । बेमौसमी वर्षाका कारण बाढीबाट कञ्चनपुरको दोधारा - चादँनी र भीम दत्त नगरपालिकाका विभिन्न ठाउँमा ठूलो जनधनको क्षति भएकाे थियो।

बाढीबाट सबभन्दा बढी क्षती भेको दोधरा चादनीको वडा नम्बर ८,९,१० का बाढी पीडितहरुसँगकाे भेटममा तत्काल राहतको लागि सरकार र विभिन्न संघ संस्थाहरूसँग पहल गर्ने उनले आश्वासन दिएका थिए । साथै नेता लेखकले  दीर्घकालीन रुपमा महाकालीमा बाँध निर्माण भएको ठाउँमा बाँधको उचाई बढाउने र कुतियाकभरमा बाँध निर्माणका लागि पहल गर्ने प्रतिबद्धता जाहेर गरे ।बाढीका कारण किसानकाे करोडौँको धानबाली नस्ट भएको र सयौ जना घरबारबिहीन भएकाले राहत, पुनर्स्थापना र दीर्घकालीन रुपमा बस्ती जोगाउन पहल गरिदिन सरकारलाई उनको आग्रह थियाे ।

दोधरा- चादँनी नगरपालिकाका करीब ३ सय परिवार अहिलेसम्म पनि सरकारी स्कुलमा बसिराखेका छन् । प्रधानमन्त्री शेरबहादुर देउवा समेतको टोलीले कार्तिक ४ गते  बाढी पीडित क्षेत्रको अवलोकन गरेकाे थियाे । नेता लेखकले आफू यस  क्षेत्रको  विकासको लागि सदैव तत्पर रहेको र बाढी पीडितका समस्या समाधानका लागि कुनै कसुर बाँकी नराख्ने बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप