शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

मन्त्री श्रेष्ठ दुबई प्रस्थान, श्रमिकको विषयमा छलफल हुने

आइतबार, ०७ कात्तिक २०७८, १८ : ३६
आइतबार, ०७ कात्तिक २०७८

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ नेतृत्वको टोली संयुक्त अरब इमिरेट्सको दुबईमा सोमबारदेखि हुने छैटौँ श्रममन्त्रीस्तरीय ‘आबुधाबी डाइलग’ मा सहभागी हुन आज दुबई प्रस्थान गरेको छ ।

श्रमिक आपूर्ति गर्ने देश र श्रमिक लिने देशबीच सहकार्य र संवाद गर्न स्थापित ‘आबुधाबी डायलग’ मा नेपाली श्रमिकहरूको हित र सुरक्षाका विषयमा छलफल हुने श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ । आबुधाबी डायलगमा १६ देशका श्रममन्त्री र चार मुलुकका पर्यवेक्षकका साथै अन्तर–सरकारी तथा अन्तर्राष्ट्रिय गैरसरकारी सङ्घ संस्थाका प्रतिनिधिले पनि सहभागी हुनेछन् ।

    यही कात्तिक १२ गतेसम्म हुने डाइलगमा भाग लिने मन्त्री श्रेष्ठ नेतृत्वको प्रतिनिधिमण्डलमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव सूर्यप्रसाद गौतम र उपसचिव थानेश्वर भुसाल छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप