शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

दाङको तुलसीपुरमा बस दुर्घटना, १ जनाको मृत्यु

आइतबार, ०७ कात्तिक २०७८, १८ : २३
आइतबार, ०७ कात्तिक २०७८

दाङको तुलसीपुरमा यात्रुबाहक बस दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ ।  तुलसीपुर उपमहानगर ६ मोतिपुरमा भएको दुर्घटनामा १ जना यात्रुको मृत्यु भएको हो  । दुर्घटनामा २१ जना यात्रु घाइते भएका छन्। दुर्घटनामा परेर घोराही १० निवासी २८ वर्षी प्रेम नेपालीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

घोराहीबाट तुलसीपुरतर्फ आउँदै गरेको ना ६ ख ७६३३ नम्बरको बस मोतिपुरका ओरालोमा सडकदेखि तल खस्दा त्यसमा सवार २१ यात्रु घाइते भएको प्रहरीले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप